चिकित्सा शिक्षा विधेयकको विरोधमा विवेकशील साझा पार्टी



काठमाडौंःअनसनरत डा. गोविन्द केसीको माग पूरा गर्न दबाब दिँदै विवेकशील साझा पार्टीले आइतबार काठमाडौंमा प्रदर्शन गरेको छ ।

माइतीघरमा भेला भएका विवेकशील साझाका नेता कार्यकर्ताले नयाँ वानेश्वरसम्म र्‍याली निकाले । र्‍यालीका सहभागीले डा. केसीसँगको सम्झौता पालना गर,प्रधानमन्त्री ओली अर्थहीन भए बोली, ब्यापारीलाई पौस्यौ स्वास्थ्य सेवा खोस्यौ जस्ता नारा लेखिएका प्लेकार्ड बोकेका थिए ।

चिकित्सा शिक्षा विधेयकमा अनशनरत डा गोविन्द केसीका सबै माग नसमेटिएको  भन्दै विवेकशील साझा पार्टीले आज काठमाडौंमा प्रदर्शन गरेका छन्।  सरकार र डा केसीबीच १५ औं अनसनमा भएको सम्झौताविपरित विधेयक पारित गरेको भन्दै साझा पार्टीले माइतीघर मण्डलादेखि नयाँबानेश्वरसम्म प्रर्दशन गरेको हो।र्‍यालीमा विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रलगायत नेता कार्यकर्ता सहभागी भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्