प्रदेश ५ गाडी खरिद प्रकरण – अख्तियारद्वारा अनुसन्धान शुरु



बुटवल–प्रदेश नम्बर ५ को प्रदेशसभाका विभिन्न सभापाति र दलका नेताहरुका लागि खरिद गरिएको गाडी खरिद प्रकरणमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविन थालेको छ ।

प्रदेशमा गाडी खरिद प्रकरणमा भ्रष्टाचार भएको भन्दै उजुरी परेपछि अख्तियार दुरुपयोग अनुसनधान आयोगको कार्यालय बुटवलले अनुसन्धान सुरु गरेको हो ।

कार्यालयका सुचना अधिकृत सुरेश भुषालले कागजपत्र मगाएर छानविन थालेको पुष्टि गरे ।

गाडी खरिद प्रकरणमा अनियमितता भएको समाचार राटोपाटीले प्रकाशन गरेको थियो । समाचार प्रकाशित भएपछि यस विषयमा अख्यिारमा उजुरी समेत परेको थियो ।

पुष २७ गते  बसेको सार्वजिक लेखा समितिवाट गठित उपसमितिले कार्यलयमा भएको चार पाग्रो सवारी सधान खरिद सम्वन्धमा  प्राप्त काजकाजहरु  अध्ययन गरी प्रारिम्भक प्रतिवदेन बझाएको  थियो ।

समितिले गाडी खरिद प्रकरणमा  नियतमाथि शंका गर्दै थप अनुसन्धानको लागि समितिको सदस्य थप गरी  अनुसन्धान जारी राखेको छ ।

गाडी खरिदमा आर्थिक चलखेल भएको समाचार आएपछि सभापति डिल्ली चौधरी र नेपाली काँग्रेस ससदीय दलका  नेता वलदेव शर्मा पोखरेल गाडी फिर्ता गरेका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्