घरमै सुतेकी बालिकाको शब नग्न अवस्था खोलामा फेला !



शनिबारदेखि घरैबाट बेपत्ता भएकी एक बालिकाको शव नजिकैको खोलामा अर्धनग्न अवस्थामा फेला परेको छ ।

११ वर्षकी रुपमती दासको शब आईतबार दिउँसो खोलामा फेला पारेको हो ।

हिजो रातिदेखि बालिका घरबाट हराएको भन्ने परिवारका सदस्यको उजूरीका आधारमा अनुसन्धान अगाडी बढाएको प्रहरीले उक्त शब फेला पारेको हो ।

शनिबार साँझसम्म घरमै सुतेकी उनी अभिभावक छिमेकीका घरमा पुगेर फर्किंदा बेपत्ता भएकी थिईन । आफूहरुले छोरीलाई घरमै सुताएर छिमेकीकामा टिभी हेर्न गएको र करिब आधा घण्टापछि फर्किंदा छोरि घरबाट बेपत्ता भएको उनका बाबु रामप्रसाद दासले जानकारी दिए ।

अन्य दिनपनि साँझको समयमा साथीहरु भेट्न जाने गरेकी रूपमती त्यतै गईन् होला भन्ने सोचेका अभिभावकले छोरी घर नफर्किएपछि प्रहरी समक्ष आज बिहान उजूरी गरे लगत्तै अनुसन्धानमा निस्किएको प्रहरी टोलिले केहिसमयमै स्थानीय बालिका रूपमतीको शव मोरङको विराटनगर महानगरपालिका ८ सिघिंयाखोलामा नग्न अवस्थामा भेटेको हो ।

शव पोष्टमार्टमका लागि पठाइएको छ भने घटनाबारे थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्