यि ७ समस्याका लागि अचुक ओखती : घ्यु !



काठमाण्डौ । यस्ता छन् घ्यूका आश्चर्यजनक फाइदा ः-

१ सेतो दुवीका लागि
रायोको धूलो गाईको घ्यूमा फिटेर मलम बनाउने र त्यस ठाँउमा बिहान/बेलुका लगाउने गरेमा बिस्तारै सेतो दुवी ठीक हुन्छ।

२, जाडोले कामज्वरो आएमा
एक डाडु घ्यूमा एक चम्चा मरिचको धूलो डडाएर कपुर २–४ पुरिया हालेर शरीर भरी मालिस गरेमा शरीर तातेर आउँछ र ठीक हुन्छ ।

३, कपाल दुखेमा
गाईको घ्यू पाँच चम्चा कराईमा तताउनु र सात गेडा मरिच डडाउनु र छानेर राख्नु । टाउको दुखेको बेलामा घ्यू कंचटमा दल्नु ठीक हुन्छ।

४, ओठ फुटेमा ः
एक चम्चा घ्यूमा एक चिम्टी नून हालेर तताएर राख्नुहोस् र ओठ फुटेको बेलामा दिनको २/४ पटक लगाउनु होस् । सुत्नेबेलामा नाइटोमा घ्यू लगाएर सुत्ने गरेमा पनि ओठ फुट्दैन।

५, खानामा अरुची भएमा
घ्यूमा नीमको कमलो ८\१० वटा पात तारेर खाएमा जस्तो अरुचीमा पनि खाना खान मन लाग्नेछ।

६, आँखाको कमजोरीमा
राम्रो शुद्ध बेसारको धूलोलाई गाईको घ्यूमा मुछेर बेलुका सुत्ने बेला लगाउने गरेमा आँखा रातो भएको, घाउ भएको, जालो हुन लागेको धमिलो भएको आदि १\२ हप्तामा निको गर्छ र सँधै लगाएमा आँखाको कहिल्यौ खराबी हुँदैन

७, धेरै दीसा लाने वा शुल भएमा
जीराको धूलो, ५० ग्राम, सिदेनूनको धूलो ५० ग्राम र घ्यूमा फुराएको हिङ १० ग्रामको धूलो सबै मिसाएर मनतातो पानीसँग १\१ चम्चा मह अथवा घ्यूमा मिसाएर दिनको ३\४ पटक रोग अनुसार मात्रा मिलाई खाएमा दीसा धेरै लागेको ठीक हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्