एक पटक जोतेर तिन बाली



गोविन्द खड्का,
घोराही ।
शुरुमा काँक्रा रोपियो । त्यहि मल्चिङ प्लाष्टिकको प्वालमा टमाटर रोपीयो । त्यसपछि बोडि हालीयो । घोराही १८ सुपैला खुटिका लालप्रसाद रोकाका अनुसार तिन बाली सजिलै भित्रयाउन सकियो ।
ड्याङ बनाएर बारीमा मल्चिङ प्लाष्टिक फिंजाईन्छ । त्यसपछि विरुवाको रोप्ने दुरी अनुसार प्वाल पारीन्छ । त्यसैमा मल हालेर बिरुवा रोपिन्छ । त्यो फलेर निक्तिएपछि अर्को विरुवा रोपिन्छ । त्यसको पनि आयु सकियो भने अर्को बाली रोपेर लाभ लिन सकिन्छ ।

यसरी खेति गर्दा हरेक बाली लगाउँदा र उतार्दा जोत्नुपर्ने बाट मुक्त भएको रोकाले जानकारी दिनुभयो । उहाँका अनुसार टेक्टरले जोत्दा लाग्ने कम्तीमा ६ पटकको खर्च बच्छ । त्यसबाहेक टेक्टरले नभेटेको छेउ घारी खन्नुपर्ने, डल्ला मार्ने, झार गोडमेल गर्ने, ढुंगाहरु टिप्नेलगाएत धेरै कठिनाई बाट जोगिन्छ । रकम र मानव श्रम जोड्दो धेरै फाइदा छ ।

यस्तो फाइदाको बारेमा गत बर्ष सम्म पनि किसानहरु अनविज्ञ थिए । लामो समय देखि यस क्षेत्रमा व्यवसाय गर्दै आउनुभएका सिद्धार्थ एग्रीसेन्टर घोराहीका सन्चालक एकनारायण पौडेलका अनुसार गत बर्ष र यस बर्ष अत्याधिक माग भै आएको छ । किसानहरुले बल्ल कुरा बुझ्नुभएको छ । एक दुईजनाले परिक्षणका लागि लगेकोले फाइदा लिएपछि आकर्षित हुनुभयो ।

यसको मुल्य गोल्ड मच्लीङ लाई ५२ सय र सिल्भर मल्चिङलाई ४३ सय रुपैयाँ पर्दै आएको पौडेलले जानकारी दिनुभयो । दुई बर्ष अघि सम्म मुल्य सुन्दै किसानहरुले जिभ्रो टोक्थे । लैजाने आँट गर्दैन्थे । यत्रो लगानी गरेर कति फाइदा आउला र ? फाइदा जति यसैले खाईदिन्छ भन्नेहरु धेरै थिए । अहिले मुल्य भन्दा पनि प्लाष्टिक पाईन्छकि पाईदैन भन्ने चिन्ता व्यक्त गर्ने किसानहरु बढेका छन् । प्रत्यक्ष फाइदा मात्रै सन्तोष जनक भेटेका छन् ।

अहिले घोराही, लमही र तुलसीपुर मा मात्रै होइन गाउँ गाउँका किसानहरुले पनि खोज ीगर्न थालेका छन् । पहाडि जिल्लामा समेट टायलको रुपमा लौजने गरेको पौडेलले जानकारी दिनुभयो । किसानहरुले व्यक्त गरेको अनुभवका अनुसार रोग कम लाग्छ, माटो सक्नु पाउदैन, चिस्यान रहन्छ । बर्षातकाृ पानी परेपनि भित्र छिर्न र असर गर्न पाउँदैन, झार उम्रन दिन्न, मल झारले खान सक्दैन यसरी एक पटक लगाएको किसान तयसैमा बानी पर्छ ।

गत साता घोराही उपमहानगरपालिकाको कृषि विकास शाखाले पचास प्रतिशत अनुदानमा तिन लाख बराबरको मल्चीङ प्लाष्टिक वितरण गरेको थियो । त्यसमा तिन लाख किसानको थपेर ६ लाखको मल्चीङ मेयर नरुलाल चौधरीले वितरण गर्नुभएको थियो । असाध्यै माग भई आएकाले वितरण गरिएको शाखाका प्रास राधा मल्ले जानकारी दिनुभयो ।

उहाँका अनुसार मल्चीङको फाइदा विरुवाको लागि चिस्यान रहन्छ । झार कन्टोल हुन्छ । पटक पटक गोडमेल गर्नुपर्दैन । एकपटक हालेको मल रहिरहन्छ, बाहिरी वातावरणले झटटै असर गदैन ।

पहिले किसानहरुले पनि बुझेनन् अहिले बुझेका छन् । थोपा सिँचाई सुविधा भएकाले झन् लाभलिन्छन् । प्रास मल्लका अनुसार समस्या कम उपलब्धी धेरै छ । मल पनि थोपा सिचाईबाटै जान्छ ।

अब त प्रविधिले गर्दा किसानले कम श्रम गर्नुपर्छ मल्लले भननुभयो, łखाद्य तत्व पनि विरुवाले सजिलै लिन पाउने भो । उहाँका अनुसार कृषि पेशा उत्साहका रुपमा लिने दिन शुरु भएका छन् । रोप्ने, गोडमेल गर्ने, विउ छर्ने, विषादि तथा मल छर्ने लगाएत सबैकाम प्रविधि बाट गर्न सकिन्छ । किसान पेशा मर्यादित हुँदै छ । खर्च कम उत्पादन धेरै हुन लागेकाले किसानहरुका सुनौला दिन शुरु भएका छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्