फिल्डमा हिरो बन्न जिआईजेडलाई सुझाव



गोविन्द खड्का।
घोराही ,
उद्यमीको सम्भाव्यता अध्यनमा आएको जिआईजेटको टोलिलाई घोराहीका उद्योगी व्यवसायीले लगानी गरेर फिल्डको हिरो बन्न सुझाव दिएका छन् । दाङ लगानीको उपयुक्त क्षेत्र भनेका छन् ।

उद्यमशिलताको विकास गर्न जिआईजेटले वुटवल, दाङ, सुर्खेत र धनगढी लगाएत प्रदेश ५, ६ र ७ का क्षेत्रहरुमा अध्ययन गरेको जनाएको छ । वातावरण, स्रोत, संस्कार, प्रविधिको अबस्था, सहकार्य, कामदारको क्षमता र दाताहरुले खेल्नुपर्ने भूमिकाका बारेमा अध्ययन गरेको छ ।
केही ठुला उद्योगी र सरोकार वालाहरुलाई सहभागि बनाएर शुक्रवार होटल मालाईन घोराहीमा टोलिले अन्तिम बैठक गरेको थियो ।

त्यस अघि विभिन्न उद्योगी, व्यवसाय, स्थानिय सरकार, घरेलु तथा साना उद्योग, प्राविधिक शिक्षालयहरु, कृषि ज्ञानकेन्द्रर र पोल्टीफर्म, टमाटर खेती लगाएतमा छुटाछुटै स्थलगत अध्ययन गरेको थियो । त्यसलाई बैठक बसाली थप छलफल गरेको हो ।

łयो समाज अन स्किल छ । अनस्किल हुने वित्तिकै नेगेटिभ आईहाल्छ अविकसीत हुनुको फरक यत्ति हो उद्योगी ओमभक्त बुढाथोकिले भन्नुभयो, łगफ मात्रै गर्ने, समय किल गर्ने होईन । दक्ष भयो भने कामले खोज्छ । लगानी गर्नुस फिल्डमा हिरो बन्नुस् । उहाँले कुरा त धेरै गरियो । छलफल निकै लामो पनि भयो । अब भन्नुस बजेट कहिले आउँछ ? भनेर सोध्नुभएको थियो ।

अति महत्वपुर्ण छलफलको अवसर भन्दै नेपाल उद्योग वाणिज्य महासंघ प्रदेश ५ का उपाध्यक्ष हेमराज बञ्जाडेले अझ मसिनरी खोतल्न आग्रह गर्नुभएको थियो । यस्ता निचोडहरुले भविश्यमा ठुलो अर्थ राख्ने भन्दै वञ्जाडेले सकारात्मक सोँच उद्यमशिलता र सिपमुलक विकासका मुख्य आधार रहेको बताउनुभयो ।

जसले उद्यम गरीराखेको छ उसलाई थप हौसला दिने र ईच्छुकलाई शुरुवात गराउने कार्यक्रम राख्न वञ्जाडेले सुझाव दिनुभयो । यसले पाएको छैन, उसलाई पनि दिनुपर्छ भनेर दया देखाउने र बाँडिचुडि सिध्याउने शैलिको अन्त गर्न वञ्जाडेको भनाई थियो ।

व्यवसायीक वातावरण, सरोकार वालाको समन्वय र उद्यमशिलतालाई हेर्ने दृष्टिकोण भनेर अलग अलग शिर्षकमा जिआईजेटका कार्यक्रम अधिकृत दिपक अधिकारीले विवरण प्रस्तुंत गर्नुभएको थियो ।

उहाँले पोल्टी, गार्मेन्ट, मौरी, तोरी, च्याउ र अल्लोको उत्पादन फस्टाएको पाईएको बताउनुभयो । दुध जन्य, तेल, ससेज, अचार लगाएतको प्रशोधन गर्न सकिने समभावना देखाउनुभयो ।

कागती र सूर्यमुखि लगाएतको खेति गर्न सकिने देखिएको सुनाउनुभयो ।
उहाँले तयार गरेको विवरण अनुसार जग्गा खण्डिकरण र बाहिर बाट बसाईसरी आउनेको चाँप बढिरहेपनि नेपालको जन घनत्वको आधारमा कमै देखिएको छ । जग्गाको अभाव छैन ।

युवा र महिलाको जनशक्ति धेरै देखिएको छ । यहाँ वैदेशिक लगानी सून्य छ । राजमार्ग भन्दा टाढा रहेकाले ठुला योजना चलाउनेहरु हच्किन्छन् । उनिहरुले ठुला मालवाहक साधनहरु सिधै भित्रयाउनसक्ने बाटो छैन । दुई ठाउँ टान्सपोर्ट गर्दा समस्या आउँछ ।
उत्पादन बजारमा आधारीत छ र सरकारको लगानी कुम्ल्याउने उद्देश्यले व्यवसाय गरीन्छ ।

त्यसैले बजार असन्तुलित छ । स्थानिय सरकारको ७५ प्रतिशत लगानी भौतिक पूर्वाधारमा खर्चेको देखिन्छ । कृषिमा एक प्रतिशत त्यो पनि छितर्ने किसीमको पाईएको टोलिले जनाएको छ । अहिले प्रधानमन्त्री कृषि कार्यक्रम लागनु भएको छ । घरेलुले प्रबिधि हस्तान्तरण गरेपनि पाउनु पर्नेले फाइदालिनसकेको छैन । कोल्ड स्टोर लगाएतको स्थापना स्रहानिय छ ।

शहरलाई बस्न योग्य बनाई राख्न सिमेन्ट उद्योगले समस्या ल्याउन सक्छ । नातावाद र कृपा वादले लगानीमा समस्या ल्याएको छ । घोराहीका मेयर नरुलाल चौधरीले आफुले अन्धकारमा तिर चलाएको जानकारी दिनुभएको टोलिले जनाएको छ । कुनैपनि क्षेत्रमा अध्ययन अनुसन्धान गरेर लगानी छैन । जमिन रेखांकित गरेर कता बस्ति कता उद्योग भन्नेपनि छैन । कता लगानी गर्ने ? गर्नेकि नगर्ने सवालमा उपमहानगरपालिका अन्यौलमा छ ।

क्षमतावान श्रम छैन । मलाई जागिर दिनुस भन्नेहरु धेरैछन् । उनिहरुमा कुनै एउटाकामको क्षमता देखिन्न । होटलमा काम गर्नेमान्छेको पनि सिप देखिन्न । कागजमा सहुलियत कर्जा भनेपनि व्यवहारमा बैकहरु दिँदैनन् । हुन्छ हुन्न नभनेर हल्लाईरहन्छन् । व्यवसायलाई सघाउ पुग्ने ठुलो रकम दिँदैनन् ।

त्यसमा पनि व्याज दर महंगो हुन्छ । सरकारले कानुन अनुसार काम गर्नुपर्छ ।
प्राविधिक शक्ति छैन । कृषि ज्ञानकेन्द्रका प्राविधिक फोन गरेर बोलाउँदा पनि व्यवसायीकहाँ जाँदैनन् । लामो समय देखि किसानका प्राविधिक एग्रोभेट र दाना व्यवसायी हुँदै आएका छनन् ।

भारतबाट तरकारी धेरै र सस्तोमा आउँछ यहाँको उत्पादनले प्रतिस्पर्धा गर्न सक्दैन । फोहर बाट ग्याँस बनाउने, प्रदेश सरकारले भाडाको जग्गा उपलब्ध गराउने कार्यक्रम छन् । खास किसानलाई प्रदेशको कार्यक्रम थाहै छैन । सरकार किसान संग छैन किसान विचौलीया संग छ । आफ्नो उत्पादन विक्रि हुन्छ हुँदैन, मुल्य कति जान्छ विचौलीया संग भरपर्छ । नयाँ र सृजनशिल भन्दा अर्काले गरेका काम नक्कल गर्नेहरु धेरै छन् ।

दक्षिणि भुभाग कृषि क्षेत्रका लागि एकदमै उपयुक्त रहेको सुझाव सहभागिले दिएका छन् । अन्तिम र उपाए नलागेपछि गरीने पेशाका रुपमा कृषिलाई लिने प्रबृत्ति अन्त गर्न प्रविधि र सिप दिन आग्रह गरेका छन् । व्यागरेर काँजाने हो, भनेर काममा अल्छी गर्ने महिलाको सवाल घातक रहेको सुझाव दिए ।

तालिमहरुमा ८५ प्रतिशत महिला सभागिता भेटिन लागेको सुनाए । अहिले बजारका पसलहरुमा, सहकारीमा बाक्लै महिला देखिन्छन् । उक्त छलफलमा दाङ उद्योग वाणिज्य संघका अध्यक्ष नारायण भुषाल, जिल्ला सहकारीसंघका अध्यक्ष गोविन्द प्रसाद शर्मा अम्विकेश्वरी मौरीका अध्यक्ष मिनराज घिमिरे, अडिटर्सका अर्जुन केसी, व्यवसायी अनिल आचार्य, अनन्त खड्का, जयविर घर्ति जेनी, विष्णु थापा, वसन्ता अर्याललगाएतले छलफलमा भाग लिनुभएको थियो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्