अख्तियारका कर्मचारी नै घुससहित प्रकाउ



सुर्खेत : अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय सुर्खेतमा कार्यरत प्रहरी सहायक निरीक्षक (असई) चार लाख घुससहित नेपालगञ्जमा पक्राउ परेका छन्।

अख्तियारको विशेष अनुसन्धान टोली सुर्खेतमा कार्यरत असइ जन्मदेव जैसी अधिकारीलाई अख्तियारको केन्द्रीय कार्यालयबाट खटिएको टोलीले आइतवार साँझ नेपालगन्जबाट चार लाख घुस सहित रंगेहात पक्राउ गरेको हो।

अख्तियार दुरुपयोग अनुसन्धान आयोग सुर्खेतका सुचना अधिकारी मेघनाथ सापकोटाले नेपालगञ्जबाट समातेको भन्ने खबर सुने पनि सबै विवरण थाहा नभएको बताए।

‘’  एकजना इन्जिनियरसँग पैसाको बार्गेनिङ गरेपछि उनीविरुद्ध अख्तियारको केन्द्रीय कार्यालयमा टेलिफोनबाट उजुरी परेको थियो। उजुरी लगत्तै काठमाडौंबाट खटिएको अख्तियारको विशेष टोलीले ती इन्जिनियरबाट लिएको चार लाख रुपैयाँ घुससहित अधिकारीलाई पक्राउ गरी हिरासतमा लिइएको जनाइएको छ।

अख्तियारको क्षेत्रीय कार्यालय सुर्खेतले घुस दिने इन्जिनियरको नाम खुलाएको छैन्।  अख्तियारका प्रवक्ता रामेश्वर दंगालले असइ पक्राउको सूचना प्राप्त भइनसकेको बताए।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्