गुडीरहेको बसमा ढुङ्गा खस्दा एक जनाको मृत्यु , ११ जना घाईते



सैघाली खबर
सल्यान, २९ साउन

सडकमा गुडीरहेको यात्रु वहाक वसमा माथीबाट ढुङ्गा खस्दा एक जनाको मृत्यु भएको छ । भने ११ जना घाईते भएका छन । सडकमा गुडिरहेको बसमा माथिवाट ढुङ्गा खस्दा बस सडकमा वाट झण्डै एक सय मिटर तल खसेको प्रहरील जनाएको छ ।

राप्ती लोकमार्ग अन्तर्गत दाङ सल्यान सडक खण्डको कपुरकोट गाउँपालिका ३ गोठरि खोला भन्ने स्थानमा ढुङ्गा खस्दा सल्यानका केशव पुनको मृत्यु भएको हो । सल्यान खलंगाबाट दाङ तर्फ गइरहेको ना ३ ख ३२३० नम्बरको सल््यान रुकुम यातायात समितीको गाडी आइतबार करिव २ वजेको समयमा दुर्घटना भएको प्रहरीले जनाएको छ ।

लगातारको वर्षातका कारण उक्त सडक खण्डमा पहिरो झरी रहेको र पहिरो झर्ने क्रममा ढुङ्गा झर्दा घटना भएको कपुरकोट प्रहरी चौकीका ईन्चार्ज झक वहादुर कँुवरले जानकारी दिए । कुँवरका अनुसार पहिरो झर्दा ढुङ्गा खस्दा अन्य ११ जना घाईते भएको जानकारी दिए ।

घाईतेहरुको सामान्य उपचार पछि थप उपचारका लागि दाङको तुलसीपुर अञ्चल अस्पतालमा रिफर गरिएको जानकारी दिए । वर्षातका कारण राप्ती लोकमार्गको ठाँउ–ठाँउमा पहिरो गईरहेको जानकारी दिए । भने केही बेर कतै यातायात सेवा पनि वन्द हुने गरेको कँुवरले जानकारी दिए ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्