विचार

राज्यले हिजोका दिनमा दलित समुदायमाथी गरेको अन्याय र अपहरणको तत्काल क्षतिपूर्ति ब्यवस्थापन गर।

By Saru Sunar

January 28, 2019

हिजोको नेपाल सरकारले तेरो काम मात्र छालाको काम गर्ने हो ,तेरो काम मात्र आरनको कामगर्ने हो ,

तेरो काम मात्र कपडा सिलाउने काम गर्ने हो ,तेरो काम मात्र दुर्गन्धित सहरलाई नै सफा गरेर सुन्दर बनाउने हो तिमीहरुले अरुकाम परिवर्तन गर्न पाउदैनौ भनेर यी लगायका समुदाय हरुलाइ जबर्जस्ती फ़ोहोरिको संज्ञ दिदै अछुत भनेर अमर्यादित बिल्ला भिराइयो , परम्परागत जुत्ता ,आरन र कपडा सिलाउने पेसा ओह्रालो लाग्नुमा परम्परागत बालिघरे कार्यशैली, सस्तो मूल्यका विदेशी समानको अतिक्रमण,आर्थिक अभाव , प्रभावकारी सरकारी नीतिको अभाव, प्रविधिको कमीसँगै कच्चा पदार्थको अभाव छँदैछ ।

 

त्यसमा नयाँ पुस्तामा तल्लो जातिले गर्ने काम भन्दै हिन्ताबोध हुँदै पुस्तैनी पेसाप्रतिको बढ्दो उदासीनता चुनौती बन्दै गयो जब समाजमा जुत्ताको काम,फलामको काम,कपडा सिलाउने कामले मर्यादा नपाउदा सम्म अल्लो गाउँ देखि पल्लो गाउँ ,अल्लो स्कुल देखि पल्लो स्कुल ,अल्लो भञ्ज्याङ् देखि पल्लो भञ्ज्याङ् जताततै तँ छालाको काम गर्ने अछुत होस,तँ फलामको काम गर्ने अछुत होस,तँ कपडा सिलाउने अछुत होस ,तँ फोहोर सफागर्ने अछुत होस भनेर विभेद भोग्दै सामाजिक अपमान सहदै छिछी र दुर दुर सहदै यी पेशाहरुलाइ जोगाउदै आए जब यी पेशाको राम्रो आम्दानीका दिनहरु शुरुहुन थाले समृद्धिका सम्भावना देख्ने बित्तिकै आफूलाई उपल्ला जात मान्नेहरूले दलित समुदायलाई पुर्खौली पेशाबाट हात धुन बाध्य बनाउदै दलित समुदायको पेशाको लगाम हत्याए जताततै देखे एउटा बेउली भित्र्याउदा हजारौंको आम्दानी हुने, भोज भत्यार ,पार्टी ,पुजाआजा सबै ठाउँमा जादा प्रतिदिन प्रयोगमा आउने आम्दानी मुलक ब्यवसाय देखे तिनै विर्ताका भुमी सम्पत्ति ओगटेर हुनेखाने भएका गैरदलितहरुले दलित समुदायको पेशा फुत्काइदिए , ठूलो खर्च गरेर दलित समुदायको परम्परागत पेशालाइ औद्योगिकरण बनाउदै गैरदलितलाई मात्र जागीरे बनाउदै अपहरण गरे

 

हविगत ‘काम गर्ने कालु, मकै खाने भालु’ जस्तै भयो हिजो सामाजिक अपराध सहदै आफ्नो जिम्मेवारी र तोकिदिएको निश्चित काम गर्दै आएका दलित समुदायको आफ्नो पहिचान गुमाउने संघारमा पुर्‍याइएका दलित समुदायलाई क्षतिपूर्तिको प्रत्याभूति दिलाउने कर्तव्य पनि सरकारको नै हो हिजोको सरकारबाट भएको राम्रो कामलाई राष्ट्रिय उत्सवको रुपमा मनाइन्छ भने सरकार बाटै जबर्जस्ती चालिएको मानव माथिको कु जस्ता समाजमा मानवले मानव माथी गर्दै आएको जघन्य अपराधीक कुसंस्कार तथा कलंकको रुपमा जगडिएर रहेको परम्परागत संस्कार ,थिचोमिचो सामाजिक अन्याय र अपहरणको क्षतिपूर्ति राष्ट्रिय अपराधको रुपमा स्विकार्दै अनिवार्य क्षतिपूर्ति ब्यवस्थापन गर्नै पर्ने सरकारको कर्तव्य हो तसर्थ विना दबाब शून्य आवाज मै क्षतिपूर्तिको ब्यवस्थापन होस।

 

खियाले जाम लागेर थन्किएका दमाईदाइहरूका मेसिनहरु र कामी दाइहरूका थन्किएका चिसा आरन आर्धुनिकरण गरि तताउने व्यवस्था नेपाल सरकारबाट तत्काल शुरु गरियोस् । अन्तर्राष्ट्रिय जगतमा गर्दै आएको क्षतिपूर्तिको अभ्यास हेरौं ब्रिटिस साम्राज्यले इतिहासमा आफ्ना औपनिवेशिक राष्ट्रलाई क्षतिपूर्तिस्वरूप आर्थिक सहयोग गरेका उदाहरण छन् ।भने अमेरिकामा अफ्रिकी मूलका अमेरिकीलाई ४ सय वर्षसम्म दास बनाइएकामा क्षतिपूर्ति दिनुपर्छ भन्दै ‘रापारेसन मुभमेन्ट’ भएको अन्तर्राष्ट्रिय जगतका अभ्यास प्रती पनि नेपाल सरकारको ध्यानाकर्षण होस।

धन्यवाद ।

खडक बहादुर सार्की सस्थापक, अध्यक्ष दलित एकता संजाल नेपाल