काठमाडौं :
काठमाडौं– डाक्टर गोविन्द केसीको माग सम्बोधन गर्न सरकारलाई दवाव दिन नेपाल चिकित्सक संघको अगुवाइमा सोमबार डाक्टरहरु रिले अनसनमा बसेका छन् ।
बिहान १० बजेदेखि ५० जनाको हाराहारीमा डाक्टरहरु रिले अनसनमा बसेका हुन् । रिले अनसन शिक्षण अस्पताल महाराजगन्जमा बेलुका ५ बजेसम्ममत्रिवि चल्नेछ ।
१० माघमा सरकारलाई ७२ घण्टे अल्टिमेटम दिएको संघले आइतबार त्रिवि शिक्षण अस्पतालमै गरेको छलफलबाट सोमबार कार्यालय समयमा रिले अनसन बस्ने कार्यक्रम तय गरेको हो ।
संघले प्रधानमन्त्री केपी शर्मा ओलीकै अग्रसरतामा केसीसँग गरिएको सम्झौताका सम्बन्धमा प्रधानमन्त्रीबाटै अलग परिस्थितिमा सम्झौता भएकोले संसदलाई आदेश गर्न नसक्ने भन्ने गैरजिम्मेवारपूर्ण अभिव्यक्ति आउनु, सरकारकै तर्फबाट केसीका सम्बन्धमा गलत प्रचार गरी सम्पूर्ण नागरिकहरुलाई दिग्भ्रमित पार्ने कोसिस भइरहेको दाबी गरेको छ ।
केसी अनसनमै रहेको बेला सरकारले चिकित्सा शिक्षा विधेयक प्रतिनिधिसभा बैठकबाट पारित गरेको छ । तर, केसीले पारित विधेयकको विरोधमा एक विज्ञप्ति निकाल्दै प्रधानमन्त्री केपी शर्मा ओलीलाई गम्भीर आक्षेप समेत लगाएका छन् ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।