होचो व्यक्तिसँग बिबाह गर्ने महिलाको यस्तो ब्यथा



वाशिंगटन। ६.७ फुट उचाई भएकी युवतीले आफूभन्दा होचो मान्छे संग बिबाह गरेकै कारण आफुलाई गर्भवती हुन समस्या परेको दुखेसो पोखेकी छिन् । छ फीट सात इन्च उचाई भएकी हेली बच्चैदेखि मानिसहरुकाबीचमा अलगै देखिन्थिन। उनका साथीहरु पनि उनले बिहे गर्ने व्यक्तिको उचाई सात फीट हुन्छ भन्ने गर्थे। तर हेलीले ब्रायन नामक व्यक्तिसँग बिहे गरिन् जसको उचाई ५ फीट ८ इन्चको थियो। केही समय पहिला टीएलसीको शो माई जाएन्ट लाइफमा उनले बिहे पछि गर्भवती हुँदाको दुःखद् कहानी बताएकी थिइन्।

उनले गर्भवती हुँदा प्लेसेन्टा प्रीविया नामक अवस्थाबाट गुज्रिएको बताएकी थिइन। उनको अल्ट्रासाउण्ड रिपोर्ट देखेर डाक्टर पनि हैरान परेका थिए। बिहे हुन भन्दा पहिले डाक्टरले हेलीको हाइट देखेर गर्भवती हुँदा असर पर्ने बताएका थिए। त्यसैले जब उनी गर्भवती भइन्। उनी आफैँ अचम्मित परेकी थिइन। तर पनि उनले स्वस्थ बच्चालाई जन्म दिइन्।

हेली करीब आठ महिनाकी गर्भवती हुँदा डाक्टरले उनको अल्ट्रासाउण्ड गरे। यो देखेर उनलाई विश्वास नै भएन। उनको गर्भमा भ्रुण एकदमै तिव्र रुपमा वृद्धि भएको थियो। सामान्य बच्चाको तुलनामा उसको साइज दुई गुणा थियो। यो रिजल्ट पछि डाक्टरले फेरि अर्काे अल्ट्रासाउण्ड गर्न भने।

जब डाक्टरले स्क्रिनमा बच्चा देखाए हेली अचम्मित परिन। तस्वीरमा त्यो बच्चा एकदमै डरलाग्दो थियो। प्लेसेन्टा महिलाको महिलाको गर्भाशयको तल्लो भागमा हुन्छ। यो अवस्थामा एकदमै धेरै ब्लिडिङ हुन्छ। यो अवस्था महिलाहरुको लागि कुनै डरलाग्दो सपना भन्दा कम हुदैन। यो सबै भैसकेपछि पनि हेलीले भयानक पीडा र ब्लिडिङ सहेर बच्चीलाई जन्माइन्।

उनले जुन दिन छोरीको जन्म भएको थियो त्यो दिन ‘भ्यालेन्टाइन डे’ थियो र त्यो दिन उनको जिन्दगीको सबै भन्दा शानदार दिन रहेको बताइन्। उनले जन्म दिएको बच्चीको तौल ३.८ किलोग्राम थियो र उचाई २१ इन्च थियो। जबकि औसत बच्चाको तौल ३.५ किलोग्राम हुन्छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्