कोटेश्‍वर कलंकी सडक सरकारलाई हस्तान्तरण



काठमाडौं : चक्रपथ सडक आयोजना अन्तर्गतको कलंकी-कोटेश्‍वर सडक विस्तारको काम सकेर सरकारलाई हस्तान्‍तरण गरिएको छ। चीनको संघाई ग्रुपले २०७० असारदेखि विस्तारको काम सुरु गेकोमा पाँच वर्षमा सरकालाई हस्तान्तरण गरेहो हो।

सोमबार ललितपुरमा आयोजित एक समारोहबीच नेपालका लागि चिनियाँ राजदूतले प्रधानमन्त्री केपी शर्मा ओलीलाई सडक हस्तान्तरण गरेकी हुन् ।

चीनले ५ वर्ष लगाएर कोटेश्वरदेखि कलंकीसम्मको १०.३९ किलोमिटर सडक विस्तार गरेको छ। सडक हस्तान्तरण कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले दुई छिमेकी देशहरुलाई विश्वासमा लिएर सुखी नेपाली, समृद्ध नेपालको नारालाई सार्थकता दिइने प्रतिबद्धता जनाए।

०७२ सालको भूकम्प र भारतको अघोषित नाकाबन्दीका कारण कम्पनीले लक्ष्य अनुसारको काम गर्न  भने सकेको थिएन। चीनले २७ किलोमिटर लामो चक्रपथको सडक खण्डमध्ये पहिलो चरणमा कलंकी–कोटेश्वर खण्ड १०.३९ हस्‍तान्तण गरेको हो।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्