काठमाडौं । राष्ट्रिय सभामा चिकित्सा शिक्षा विधेयक टेबल भएको छ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको अवरोध, नाराबाजीबीच राष्ट्रिय सभा अध्यक्ष गणेश प्रसाद तिमिल्सिनाले सचिव राजेन्द्र फुयाँललाई विधेयक पेश गर्न अनुमति दिएका हुन्।
लगत्तै फुयाँलले अध्यक्ष समक्ष विधेयक पेश गरेका थिए। प्रतिनिधि सभाबाट पारित विधेयक राष्ट्रिय सभामा सन्देहसहित पुगेको थियो।
कांग्रेस सांसदहरूले नाराबाजी गर्दा मर्यादापालकहरूले रोष्टमको सुरक्षा गरेका थिए। कांग्रेस सांसदहरूले ‘सदन माथिको बलजफ्ती बन्द गर, नेताको नामको अस्पताल सुचारु गर’ लगायतका नारा लगाएका थिए । विधेयक पेश गरेलगत्तै अध्यक्ष तिमिल्सिनाले बैठक आधा घण्टाका लागि पुनस् स्थगित गरेका छन्।
थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।