निर्बाचित अध्यक्षलाई कार्बाही



जंग बहादुर रेउले
दाङ,२९ साउन
सल्यानी विद्यार्थी मञ्चले दाङमा शनिबार भएको नयाँ नेतृत्व निर्बाचित अध्यक्ष एक्शन आर्शी लाई आईतबार कारबाही गरेको छ । सल्यानी विद्यार्थी मञ्चले आईतबार एक विज्ञप्ती जारी गर्दै यस्तो जानकारी दिएको छ ।

स्थापनाकाल देखि नै सल्यानी विद्यार्थी मञ्चको विधि विधानमा रही महेन्द्र बहुमुखी क्याम्पस भन्दा बाहिरको विद्यार्थीलाई नवनिर्वाचित अध्यक्ष नदिने भएकोले आरसी क्याम्पस भन्दा बाहिरको विद्यार्थी रहेको विज्ञप्तीमा उल्लेख छ । मञ्चको सामान्य सदस्य समेत नरहने आरसी लाई कार्बाही गरिएको संयुक्त हस्ताक्षरीत विज्ञप्ती उल्लेख गरिएको छ ।

‘सल्यानी विद्यार्थी मञ्च’ले विद्यार्थीको हक र अधिकारको सुनिश्चित गर्नको लागि दाङमा आएर कमिटि निर्माण गरिएको हो । मञ्चले हरेक वर्ष सल्यानी विद्यार्थीहरुको सिर्जनात्मक क्रियाकलापहरुलाई समेटेर दशैतिहारको अवसरमा आफ्नो वार्षिक मुखपत्र ‘सल्यानी आवज ’ प्रकाशण गर्दै आएको छ । हरेक वर्ष झै यो वर्ष पनि नयाँ नेतृत्वले सल्यानी आवज प्रकाशण गर्ने लक्ष्य सहित अगाडि बढेको मञ्चको अध्यक्ष बिर बहादुर बोहरा सविच प्रेम वलीले जानकारी दिएका हुन । आगामी दिनहरुमा सल्यानी आवाजलाई फरक र पृथक ढंगले सञ्चालनमा ल्याउने समेत जानकारी दिएका थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्