झोले व्यापारको पूर्ण रुपमा अन्त्य गर्ने मेरो उम्मेदवारी हो ।



दाङ जिल्ला उद्योग वाणिज्य संघको निर्वाचन यही साउन ३१ गते हुने हुदैछ । त्यस बारेमा सैघाली खबरका कार्यकारी सम्पादक जनक नेपालीले दाङ जिल्ला उद्योग वाणिज्य संघका प्रजातान्त्रिक प्यानलका सदस्य पदका उम्मेदवार मिनराज भाट संग गरेको कुराकानी ।

उद्योग वाणिज्य संघको अध्यक्षमा तपाईको उम्मेदवारी किन ?
खासमा भन्नु हुन्छ भने हामी यतिवेला नेपालबाट रोजगारका लागि दैनिक विदेशीने युवाहरुको जमात ठुलो छ । त्यसलाई नियन्त्रण गर्दै स्थानिय स्तरमै रोजगारको सिर्जना गरी विदेशीने युवाहरुका रोक्ने उदेश्यले मेरो हो त्यसका साथै जिल्लामा ँ व्यापारिक रुपमा देखा परेका हरेक समस्या समाधान गर्नका लागि मेरो उम्मेदवारी हो ।


तपाईले जित्ने आधार के
मेरो जित्ने आधार भनेको के हो भने म विभिन्न संघ संस्थामा आबद्ध भएको छु । त्रिभुन नगर जेसिज,दाङ युवामञ्च लगायतका विभिन्न संघ संस्थामा आबद्ध भएको छु । म आफ्नो महत्वकाङ्क्षा भन्दा पनि सबै साथी भाईको प्रेरणाका कारण मैले उम्मेदवारी दिएको हु । दाङको समग्र विकासका योजनाका हिसावले हेर्ने हो भने दाङ उद्योग वाणिज्य संघले थालेका हरेक गति विधीमा हामीले सक्रिय सहभागिता जनाएका छौ त्यसकारण अब बाहिर भन्दा भित्र बसेर काम गर्ने चाहाना छ । व्यावसायीको हक अधिकार स्थापित गर्नका लागि निरन्तर रुपमा लाग्दै आएको छु त्यसकारण युवाहरुको पनि प्रतिनिधीत्व हुनपर्छ भन्ने मेरो मान्यता हो । हरेक व्यावसायीको दैलो दैलोमा पुगेर व्यावसायीको समस्याको पहिचान गर्दै उहाँको हकका बारेमा काम गर्ने ईच्छा शक्ति म भित्र रहेको जसका कारण व्यावसायीक समस्या समाधानका बिषयमा समेत वृहत योजना बनाएर अगाडी बढ्ने योजनाका साथ अगाडी बढेको छु

तपाई सदस्य पदमा विजयी हुन भयो भने नयाँ काम के गर्नु हुन्छ ?
दाङ उद्योग वाणिज्य संघको यस पटकको कार्य समिति निर्वाचन प्रकृया बाट आउने देखियो । जसका कारण व्यावसायी ल्याउन चाहेको व्यक्त आउछ जसकारण काम गर्न सहज हुन्छ ।साझा संस्थामा काम गर्दा सबैका साय सल्लाहका आधारमा अगाडी बढाउनु पर्छ हैन भने संस्थाको विकास गर्न सकिदैन । पछिल्लो चरण दाङ प्रदेश संरचनामा गएको छ त्यसमा झनै दाङलाई प्रदेशको केन्द्र बनाउनु पर्नै भएका कारण त्यसमा आफुले आबश्यक पर्दा युवा समु परिचालन गर्ने योजना सोचका साथ लागि परेको छु , दोश्रो कुरा दाङलाई पर्यटकिय क्षेत्रका रुपमा विकास गर्नका लागि दाङको टरिगाउँ एरपोट सञ्चालनमा पहल गर्ने , तेश्रो कुरा दाङका ग्रामिण सडकहरु समेत कालोपत्रे गर्ने , अर्काे कुरा के भने बजार क्षेत्रमा हुदै आएको झोले व्यापारको पूर्ण रुपमा अन्त्य गर्ने मेरो काम हुने छ ।

अन्त्यमा केही भन्नु छ ?
खासमा भन्नु पर्ने त केही पनि छैन तर पनि उद्योग वाणिज्य संघको आगामी साउन ३१ गते हुने निर्वाचनमा सम्पुर्ण व्यावसायीलाई सहयोग गर्न आग्रह गर्दछु । म सबै व्यावसायीको अधिकार स्थापित गर्नका लागि काम गर्दै आएको छु त्यसकारण मलाई सहयोग गर्नु हुनेछ । त्यसका साथै म तपाईको मिडिया मार्फत मेरा केही विचार आम पाठक र व्यावसायीका माझमा राख्न दिएकोमा धन्यावाद दिन चाहन्छु ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्