सेक्स गर्नुका फाइदै फाइदा, थाहा पाइराख्नुहोस्



मानव जीवनका लागि भोक, प्यास र निद्रा जस्तै प्रकृतिले दिएको यौन पनि आवश्यक कुरा हो । सामान्यतया, यौनसम्पर्क राख्ने वा यौन तनाव शान्त पार्ने ईच्छालाई नै यौनेच्छा भन्न सकिन्छ ।

विज्ञहरुको एक मत पाइन्छ । यसका अलावा यौन स्वास्थ्य विज्ञानमा यौन सम्पर्कका केहि फाइदाहरु निम्न अनुसारका छन् :

हप्तामा एक–दुइपटक यौन सम्पर्क राख्ने व्यक्तिमा शरीरको प्रतिरक्षा तत्वको मात्रा बढाइ रोग प्रतिरोधात्मक क्षमता बढाउँछ । यौन सम्पर्क गर्दा शारीरीक तथा मानसिक कार्य हुने हुँदा यसले शरीरको तौल कम गर्न पनि मद्दत गरिहेको हुन्छ । किनकि ३० मिनेटको यौनक्रियाले ८५ क्यालोरी वा सो भन्दा बढि क्यालोरी जलाउँछ ।

तुलनात्मक रुपले धेरै यौनसम्पर्क नगर्ने भन्दा यौनसम्पर्क गर्ने गरेको मानिसमा हृदयघातको संम्भावना कम देखिन्छ । यौन सम्पर्कले अक्सिटोसिन नामक हर्मोनको मात्रा बढाउँछ । यस हर्मोनले आत्मिय सम्बन्ध सुमधुर बनाउनका साथै एकआपसमा विश्वास बढाउँछ ।

अक्सिटोसिन हर्मोनको प्रभावले टाउको दुखाइ, हाडजोर्नीको दुखाइ, महिनावारीसँग सम्बन्धित समस्याहरु पनि कम गर्दछ । अध्ययनले प्रोस्टेट ग्रन्थीको क्यान्सर र वीर्य स्खलनको सम्बन्ध देखाएको छ । धेरै पटकको वीर्य स्खलनले पुरुषहरूमा हुने प्रोस्टेट ग्रन्थीको क्यान्सर हुने सम्भावना कम गर्छ ।

यौन सम्पर्कले महिलाको पेल्भिक मांशपेशीहरुलाई पनि बलियो बनाउँदछ । यौन सम्पर्कले मानिसमा राम्रो निद्रा जगाउँछ जसले गर्दा शरीर स्वस्थ र स्फूर्त हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्