सूचना आयोगबाट सूचना माग्दा कन्डम पठाएपछि..



यदि कसैले सूचना आयोगबाट सूचना माग्दा त्यसको जवाफमा कन्डम आयो भने के हुन्छ होला? यस्तै चकित पार्ने घटना भारतको राजस्थानमा भएको छ। यहाँका दुई व्यक्तिले आरटीआइको सूचना नपाएर लागि सूचना आयोगमा गुनासो दर्ता गरेका थिए।

त्यसको केही दिनपछि ती आवेदन गर्ने व्यक्तिको घरमा आरटिआइको पत्र भएको खाम आयो। त्यो खोलेर हेर्दा उनीहरु अचम्मित परे। त्यो खाममा सूचना नभई कन्डम थियो। यो देखेर घरमा भएका महिलाहरुले लाजले शिर झुकाए।

गाउँका मनोहरलाल र विकाश चौधरीले गाउँ पंचायतबाट बितेको पाँच वर्षको रेकर्ड मागेका थिए। तर पंचायतले उनीहरुलाई रेकर्ड दिएन। त्यसपछि उनीहरुले सूचना आयोगमा गुनासो दर्ता गरे। आयोगले पंचायतलाइ रेकर्ड उपलब्ध गराउन निर्देशन दियो। केही दिनपछि उनीहरुलाई गाउँ पन्चायतबाट पत्र आयो। जब उनीहरुले त्यो खोलेर हेरे उनीहरुको होश उड्यो।

 

आवेदनकर्ता विकाश चौधरीले खाम खोलेर हेर्दा त्यसमा कन्डम भएको बताए। त्यस्तै मोहनलाललाई आएको चिठीमा पनि केही पत्रिकाका टुक्रासहित कन्डम नै भएको उनले बताए।

पंचायत गाउँ विकास अधिकारी मदनलालले उनीहरुले मागेको सूचाना नै पठाएको र त्यसमा कन्डम कसरी परेको थाहा नभएको बताए। उनले यो आवेदनकर्ता कै चाल भएको पनि बताए। आफूहरुले ११ जनवरीमा सूचना पठाएको र उनीहरुले १३ जनवरी यसको खुलासा गरेको उनले बताए। हनुमानगढ जिल्ला परिषदका सीइओले यो विषयमा कुरा गरेको र जांचको लागि आरटीआइको सूचना सहित दुवै पक्षको तथ्यात्मक रिपोर्ट मागेको जानकारी दिए। एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्