मन्दिर घुम्न लगेर किशोरीमाथि बलात्कार !



राजविराज : मन्दिर घुम्न भन्दै लगेर बलात्कार गरेको आरोपमा सप्तरीमा एक युवक पक्राउ परेका छन् । कक्षा ९ मा अध्ययनरत १५ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा प्रहरीले खडग नगरपालिका–७ कल्याणपुरका १९ वर्षीय मो. सनाबुलविरुद्ध सोमबार उजुरी दर्ता गरेको हो ।

अग्निसाइर कृष्णासवरन गाउँपालिकास्थित प्रसिद्ध शनि मन्दिर घुम्न भन्दै गत शनिबार मोटरसाइकलमा लगेका आरोपितले त्यहाँ घुमेपछि साँझ साथी विशाल पासवानको कल्याणपुरस्थित घरमा लगी बलात्कार गरेको पीडितले बताइन् । आरोपितले मोबाइल खोसी आफुसँग हिँडन बाध्य पारेको किशोरीले बताइन् ।

 

घटनाका बेला विशालसहित परिवारका सदस्य कोही पनि घरमा थिएनन् । माइक्रो विंगर गाडीमा कण्डक्टर काम गर्ने सनाबुल कहिलेकाँही विशालको घरमा सुत्ने गर्दथे । गाडीमा यात्रा गर्दा चिनजान भएका सनाबुल मोबाइल, फेसबुक र इमोमार्फत कुरा गरेर किशोरीसँग ५ महिनादेखि नजिकिएका थिए ।

पीडित चिच्याएको सुनेर घटना थाहा पाएका छिमेकीहरुले आरोपितलाई कुटपिट गरी इलाका प्रहरी कार्यालय कल्याणपुरको जिम्मा लगाएका छन् । पीडितका बुवाले इलाका प्रहरी कार्यालय कल्याणपुरमा आइतबार दिएको उजुरी दर्ता गरी कारवाही अगाडि बढाएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक बिष्णुप्रदीप बस्यालले बताए

श्रोत . अन्नपूर्ण पोष्ट

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्