काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ की धर्मपत्नी सीता दाहाल स्वास्थ्यलाभ गरी आज निवास फर्कनु भएको छ ।
यही माघ ६ गतेदेखि ललितपुरको सुमेरु अस्पतालमा उहाँको भाइरल ज्वरोको उपचार भइरहेको थियो ।
उहाँको स्वास्थ्यमा सुधार आएपछि आज मध्याह्न घर फिर्ता गराइएको अध्यक्ष दाहालको सचिवालयले जनाएको छ । उहाँलाई आइतबार सघन उपचार कक्षबाट सामान्य कक्षमा सारिएको थियो ।
उपचारमा संलग्न चिकित्सक डा अशोक अधिकारीका अनुसार सामान्य कक्षमा उहाँको निगरानीपछि स्वास्थ्यमा सुधार देखिएपछि आज निवास फर्कनु भएको हो । –रासस

थाहा अनलाइन
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।