‘गीत गजल’ चलचित्र गीतको छायांकन गोवामा



काठमाडौं । नेपाली चलचित्र ‘गीत गजल’को एक गीत हालै गोवामा धमाधम छायांकन भैरहेको छ । निर्देशक नितिन चन्दका अनुसार गोवाका रमणीय स्थानमा चलचित्रको गीत खिचिएको हो ।


छायांकन भैरहेको गीतमा मुख्य कलाकार रुप पोखरेल र आरोही सिंहलाई फिचर्ड गरिएको छ । ‘गीत गजल’ चलचित्र निर्देशक चन्दको दोस्रो निर्देशन हो ।

आरोहण प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्रको छायांकन भैरहेको गीतमा अहिलेका चर्चित संगीतकार अर्जुन पोखरेलको शब्द तथा संगीत छ भने सुरेश लामा र अञ्जु पन्तको स्वर रहेको छ । ‘छ कि छैन् थाहा’ बोलको गीतमा निर्देशक स्वंयमको कोरियोग्राफी रहेको छ ।


आरोहण क्षेत्रीले निर्माण गरेको चलचित्र ‘गीत गजल’मा रुप र आरोहीका अलवा रश्मी भट्ट, विशाल पहाडी, ओम प्रतीक, आज्ञा करनजीत, सान्तवना भट्टराई, भिमा मैनाली, नारायण पाण्डे, बालकलाकार योगीशा खत्री, सेजल खान लगायतका कलाकारको पनि अभिनय रहेको छ । छायांकनरत गीतलाई सुरेश काफ्लेले छायांकन गरेका छन् ।

चलचित्रमा अस्मित पोखरेलको कथा, पटकथा तथा संवाद, बाबु श्रेष्ठको छायांकन, अर्जुन पोखरेलको संगीत, उत्तम बनेपाली र तेन्जीन भुटियाको ड्रेस डिजाइन, सुदीप कुँवरको मुख्य सहायक निर्देशन, अर्जुन जिसीको सम्पादन रहेको निर्माण पक्षले जानकारी दिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्