मेयर कपको उपाधी वडानम्वर १३ लाई



दाङ । सुरुवातदेखि नै आक्रामक रुपमा प्रस्तुत भएको घोराही उपमहानगरपालिका वडा नं १३ ले वडा नं १५ लाई पछि पार्दै मेयरकप २०७५ चुमेको छ ।

एक हप्ता भन्दा लामो समय देखि घोराहीको भरतपुर खेल मैदानमा जारी मेयरकप २०७५ को उपाधीका लागि वडा नं १५ लाई ०–२ ले पराजित गर्दै वडा नं। १३ विजयी बनेको हो ।

वडा नम्बर १३ का खेलाडीहरु तिर्थलाल पुन मगर र बिक्रम घर्तीको १-१ गोलले जित भएको हो । आज नगरको ४१ औँ स्थापना दिवसका अबसरमा पुरस्कार वितरण गरिनेछ । मैदानमा नगर प्रमुख नरुलाल चौधरी ज्यूले विजेता समुहलाई कप हस्तान्तरण गर्दै शुभकामना दिनुभयो । उपाधी चुम्ने १३ नम्बर वडाले नगर १ लाख र उपबिजता वडा नम्बर १५ ले ५० हजार रुपैयाँ पुरस्कार पाउने छन् ।

फुटवलमा पत्रकार विजयी
घोराही उपमहानगरपालिकाका जनप्रतिनिधी र पत्रकारहरुको समुह विच सोमबार फुटबल प्रतियोगिता भएको छ । प्रतियोगितामा पत्रकारको समुहले जनप्रतिनिधीहरुलाई शून्यका बिरुद्ध ३ गोलले पराजित गरेको छ । घोराही उपमहानगरपालिकाका प्रमुख नरुलाल चौधरीको नेतृत्वमा जनप्रतिनिधीको समुह र नेपाल पत्रकार महासंघ दाङ शाखा अध्यक्ष सविन प्रियासनको नेतृत्वमा पत्रकारको समुह बिच खेल भएको हो ।

भरतपुर खेल मैदानमा दिउसो भएको प्रतिस्पर्धामा पत्रकार महासंघका अध्यक्ष सविन प्रियासन, कोषाध्यक्ष आरके शितल र मिनेस श्रेष्ठले एक एक गोल गर्नुभएको थियो । मेयर कप प्रतियोगिता चलिरहेको अबसरमा जनप्रतिनिधी र पत्रकारहरु बिच खेलको आयोजना गरिएको हो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्