वर्षातका कारण दाङको जनजीवन प्रभावित



 

सैघाली खबर

 दाङ २९ , साउन 

दुई दिन देखीको लगातारका वर्षातका कारण दाङको जनजीवन प्रभावित बनेको छ । वर्षातका कारण यातायात सेवा ठप्प रहदा गन्तव्यमा पुग्ने यात्रुहरु विचमैमा अलपत्र परेका छन ।    लगातारको वर्षातका कारण खोलामा पानीको बहाव वढ्दा दुई दिन देखी  जिल्लाका यातायात सेवा स ठप्प रहेका छन । खोलामुनीका पुलहरुले गर्दा यात्रुहरु निश्चित गन्तव्यमा पुग्न नपाई विच वाटोमा अलपत्र परेका छन ।

खोलामा पानी बहावमा नघट्दा गाडीहरु आवतजावत गर्न सकेका छैनन । खोलाका कारण वाटो बन्द हुदा गन्तव्यका लागि हिड्ेका यात्रुहरु मंहगो मुल्यमा होटेलमा वस्नु परेको वाध्यता परेका छन । रुकुम खंलगाका धनश्वर घर्ति उपचारका लागि गत विहिवार दाङ आईपुगे पनि  लगातारको वर्षातका कारण  उपचारका लागि नेपागंज पुग्न नसकेको वताउदै उनले भने – होटेलमा बस्दा पैसा जति सवै भ्याई सक्यो । तर अझै गाडी चलेका छैनन । उपचार गर्न भनि हिड्ेको , दुई दिन भयो दिनभरी गाडी जान्छनकी भनि चोकमा उभिन्छु । साँझ पर्छ गाडी पनि चल्दैनन । वाँस खोज्दै होटेल–होटेल चाहार्दै हिड्नु पर्छ । होटेलको खानपानले उपचारको लागि घर वाट लिएको खर्च सवै भ्याई नै सक्यो । अव ‘उपचार नगरी यतै वाट घर फर्किनु पर्ने भयो । ’

थप १ जनादाङमा को मृत्यु , १ सय ६४ विस्थापित , ४ सय ८७ प्रभावित  

लगातरको वर्षातको कारण दाङमा  आईतवार थप एक जनाको मृत्यु भएको छ । खोला तर्ने क्रममा घोराही उप–महानगरपालिका १२ की ३८ वर्षिय निर्मला बाठा रहेको जिल्ला प्रकोप उद्धार समिति दाङले जनाएको छ । शुक्रवार देखीको अविरल वर्षातका कारण मृत्यु हुनेका सख्या ३ पुगेको हो ।त्यस्तै अविरल वर्षातका कारण   १ सय ६४ घरमा  ४ सय ८७ जना प्रभावित वनेको छन  । जिल्ला दैविक प्रकोप उद्धार समिति दाङका संयोजक एंव प्रम्ुख जिल्ला अधिकारी  गजेन्द्र वहादुर श्रेष्ठका अनुसार दाङमा २ दिनयता परेको अविरल वर्षातका कारण ३ जनाको मृत्यु भएको जानकारी दिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्