एजेन्सी । भुताहा ठाउँ ! जहा रात बस्न गएका मानिस फर्कदैनन् । सुन्दा पनि अचम्म र बिश्वास नलाग्ने ठाँउ हाम्रै छिमेकी देश भारतको राजस्थानको अलवरमा एउटा पूरानो किल्ला छ । यो किल्ला अहिले भग्नावशेषको रुपमा छ ।
हेर्दा नै डरलाग्दो ठाँउ । जुन भुताहा ठाउँको नामले निकै चर्चित छ । यो ठाउँमा कुनैपनि भवनका छत छैनन् । यो ठाउँलाई श्राप पर्नाले भुताहा ठाउँ भनेको जनमानसको विश्वास छ ।
यो ठाउँमा साँझ पर्ने बित्तिकै मानिसहरु जान डराउँछन् । सरकारी अधिकारीले पनि त्यहाँ रातको समयमा जान निषेध गरेको छ । उक्त ठाउँमा रात बिताउने मानिस कोहीपनि ज्यूँदै नफर्किएको स्थानीयहरु बताउँछन् । फर्किएर आएका मानिसहरु पनि मानसिक रुप्मा विक्षिप्त बनेको बताइन्छ ।
यस ठाउँमा महल भएको स्थानमा महिला गुरु बालुनाथ बस्थे । उनले उक्त महल बनाउने बेलामा आफ्नो ध्यान भंग गर्ने भएकाले त्यहाँ कुनै महल नबनाउन चेतावनी दिएका थिए । यदि आफ्नो ध्यान भंग गरेमा सारा सहर ध्वस्त हुने चेतावनी उनको थियो । तर उनको कुरालाई कसैले ध्यान दिएन र त्यहाँ भवनहरु बनाए । जसका कारण गुरुले श्राप दिए र रातारात त्यस ठाउँ विरानो बन्यो । उक्त ठाउँलाई एक तान्त्रिकले पनि श्राप दिएका कारण एकाएक ध्वस्त भएर खण्डहरमा परिणत भएको विश्वास गरिन्छ ।
उक्त तान्त्रिकले त्यस किल्लामा रहेका कुनैप्नि मानिसले पुनर्जन्म लिन नपाउन् भन्ने श्राप दिएको थियो । सोही कारण त्यस क्षेत्रमा अकालमा मृत्यु भएका मानिसहरुको आत्माले मुक्ति पाएन र पुनर्जन्म समेत नपाउँदा धेरै कैयन् मृतात्माहरु अहिले पनि भटि्करहेको विश्वास गरिन्छ ।

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।