गोविन्द खड्का ,
घोराही ।
गेटमा पुग्दै स्वस्थ देखिन्छ हरिद्धार शहरी स्वाथ्य केन्द्र घोराही १७, भवन सम्मै पुग्ने बाटोका दुईतिर फुलहरु, एउटा कागजको टुक्रा पनि नदेखिने तारवार क्षेत्र, रंग रोगन सहितको चिटिक्क परेको भवन यसका विशेषता हुन् । जसले सुन्दर क्षेत्रका रुपमा परिचय दिएका छन् ।
घाम ताप्न र दुःख बाट सुस्ताउन पुग्ने विशेष क्षेत्र जस्तै देखिन्छ ।
बस्ति बाट अछट्टै र शान्त ठाउँमा छ । कटुवा खोलाको आसपास भएकाले हावामा पनि शितलता भेटिन्छ । अलिक उचो भुगोल भएर वारीपारीको दृश्य च्याउन सजिलो छ । केन्द्रका लागि १४ क जमिन भविश्यको प्रगतिका लागि पनि साधक मानिन्छ । केन्द्रको स्तर बृद्धिहुँदै जाँदा पनि जमीनको अभाव छैन ।
एक जना सहयोगीका साथ देवा योगीले सेवा दिई रहेको भेटिनुभयो । सबै किसीमका समस्याको पहिलो अस्पतालका रुपमा विकास भएको छ । केहि अफ्ठेरो भयो नै टुप्लुक्क आईपुग्छन् । एउटा एउटा गरेर कार्यालय समय अबधिभर सेवा ग्राहीहरु फुटु फुटु आईरहन्छन् ।
व्यस्तताले थकाई लाग्दा पनि झर्किने बानी ईन्चार्ज योगीमा देखिन्न ।
एकैछिन् सुस्तिनुस् आउन बित्तिकै जाँच्नु हुन्न भनेर चित्त बुझाउदै गर्नुभएको थियो । प्रेसर घट बढ कति छ भन्नेहरु अलि धेरै थिए । छोटो बसाईमै आधा दर्जन बढिले सवा लिए ।
एक जना डेसिङ, एकजना गर्भवती, एकजना पेट दुखेको, अर्को एकजना शरीरमा विमिरा आएको, एकजना हातमा एलर्जीभएको र पाँच जना आफ्नो प्रेसर नाप्न आएका सेवाग्राहीहरु थिए । उनिहरुलाई जाँच गर्दै टेनसन नलिनु, खानपीनमा सन्तुलन ल्याउनु जस्ता कुराले नम्र शैलिमा बुझाउनुहुन्थ्यो ।
बच्चाको कान पाक्ने, स्वासप्रश्वासमा समस्या थोरैमा झाडा पखाला देखिने गरेको योगीले जानकारी दिनुभयो । सहि आसन र सहि सम्पर्कमा दुध खुवाउन नसक्नु आमाहरुको मुख्य समस्या छ । दुध चुसाईसकेपछि छातिहुँदै काँधमा राखेर बच्चालाई विस्तारै ढाडमा मुसार्नुपर्छ । त्यसो गरेपछि बच्चाले डकार्छ । वान्ता गर्दैन । यति नगर्ने आमाहरुका बच्चाको कानमा दुध पस्ने, वान्ता जाने र पाक्ने समस्या देखिएको योगीले बताउनुभयो ।
यस संगै परिवार नियोजनका अस्थाई साधनहरुको प्रयोग गर्नेहरु पनि बढ्दैगएको योगीले बताउनुभयो । उहाँका अनुसार पिल्स लिएका ७२ जना, डिपो लगाएका ४८ जना पुगेका छन् ।
कण्डम लैजानेहरु पनि लजाउन छोडेका छन् । गर्भको जाँच गराउनेहरु पनि थपिदैछन् । सामान्य विरामी जाँच, खोपसेवा, समुदायमा आधारीत एकिकृत वालरोग व्यवस्थापन पाँच बर्ष मुन, पोषणकार्यक्रम, बृत्ति अनुगमन, स्वयंसेविका कार्यक्रम, सुरक्षित मातृत्व –गर्भको जाँच) र परिवार नियोजन –डिपो, पील्स र कण्डम) जस्ता सेवा दिँदै आएको छ ।
धेरैको सोँचाई सरकारी कार्यालप्रति नकारात्मक हुन्छन् । कर्मचारीको व्यवहार राम्रो भैन, फोहर भयो, गन्ध आयो, समयमा काम गरिदिएनन् जस्ता गुणासाहरु धेरै कार्यालयमा प्रशस्त मात्रामा सुनिन्छन् । उक्त केन्द्रमा भने पहिला सेवाग्राहीलाई त्यसपछि कुरा कानी गरेर प्राथमिकरण गर्नुभयो । सजावट, सुन्दरताले गर्दा रहरका लागि जानुपर्ने कार्यालय बनेको छ ।
प्रयोग भएका निडिलहरु ईन्चार्ज योगीले आफ्नो टेवुलमुनि लुकाएर राख्नुभएको पोको सहित देखानुभयो । शिशा जन्य र प्लाष्टिक जन्य फोहर सकलन गरेर भवनको दक्षिन तर्फका चलन चल्तीमा नआउने र सजिलै नदेखिने ठाउँमा लुकाएर राखेको भेटियो ।
घोराही उपमहानगरपालिकाको सरसफाइ गाडिमा पठाउने गरेको केन्द्रका अध्यक्ष एवं घोराही १७ का अध्यक्ष खुशिराम चौधरीको भनाई थियो ।
उक्त कार्यालयको झ्याल ढोकामा लगाउने पर्दा समेत सौजन्यमा व्यवस्था गरेको छ ।
कार्यालयमा टाँगिएको विभिन्न रोगका बारे जानकारी दिने पोष्टर बाहेक धेरै कुराहरु सौजन्य छन् । सुचना पाटिमा टाँस गरेर दताहरुको सम्मान गरीएको छ ।
मीलन श्रेष्ठले सुचना पार्टि, सेमलाल मल्लले प्लाष्टीक कुर्सी ४ थान, कृष्ण नेपालीले हसिया कुटो, चिजमाली चौधरीले टेवुल र पद्यमा राणाले तन्ना डस्ना पच्छिल्लो चरणमा सौजन्य गर्नुभएको छ । यस अघि सौजन्य गरेकाहरुको प्रकासिशत समाचर पनि सुचना पार्टिमा टाँस गरीएको छ ।
दराज, ईटा, फिल्टर, खानेपानी पाइप टुटि, ढोका लकर फुललाई मल, कैची, ग्याँस सिलिण्डर लगाएत हरेक कुरा सौजन्य गरेका छन् । सानोतिनो दिएर पनि अपनत्व जगाएका छन् । गत साउनमा उद्घाटन गरीएको केन्द्र प्रगतिको पाको देखिएको छ ।
स्टोरमा औषधि पनि छर्लक्क देखिन्थ्यो ।
अभाव हुन नदिएको ायेगीले जनकारी िदनुभयो । सरकारले दिने निशूल्क औषधि आज छैन भोलि आउनुहोला भनेर फर्काउनुपर्ने अवस्था नल्याएको बताउनुभयो । जमिन क्षेत्रमा कुरीलो लगाएतको खेति गरीएको छ । भवन अगाडि पनि फुल रोपिएको छ । दाताहरु जुटाउन सकेपछि प्रतिक्षालय बनाउने धोको रहेको ईन्चार्ज योगीले बताउनुभयो । अहिले निर्माण गरीएका र संरक्षित संरचनाले आधाबर्षमै ठुलो फड्को मारेको आभास दिलाउँछन् । उपमहानगरको यो योजना उदाहरण बन्ने प्रशस्त प्रमाण देखिन्छन् । स्वाथ्य क्षेत्रका लागि सरसफाई पहिलो ईज्जत हो ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।