अन्तर्राष्ट्रिय

मलेसियामा तीन महिनादेखि तलव नपाएपछि २ हजार नेपाली आन्दोलनमा उत्रिए (भिडीयो)

By Saru Sunar

January 29, 2019

 

क्वालालम्पुर, माघ १५-

मलेसियाको एक कम्पनीमा ३ महिनादेखि काम गरेको तलव नपाएपछि २ हजार नेपाली आन्दोलित भएका छन् ।मलेसियाको सेलेंगर राज्यमा अवस्थीत डव्लुआरपी कम्पनीमा कार्यरत नेपाली सहित अन्य मुलुकका श्रमिकआन्दोलनमा उत्रेका हुन् । सो कम्पनीले ग्लोव उत्पादन गर्ने गर्दछ । सो कम्पनीले श्रमिकको शोषण गरिरहेको भन्दै यसअघि बेलायती सञ्चार माध्यम गार्जियनले पनि समाचार प्रकाशित गरेको थियो ।

नेपाली जनप्रगतिशिल मोर्चा मलेसियाका पूर्व महासचिव अर्जुन सुवेदीका अनुसार मंगलवार विहानैदेखि सोकम्पनीमा प्रहरी तैनाथ गरिएको छ । सो कम्पनीमा कार्यरत दुईजना नेपालीले आफूसँगको कुराकानीमा तीनमहिनादेखि आफूहरुले तलव नपाएको र तलव माग्दा एकमहिनाको मात्र दिने बताएपछि कामदारहरु आन्दोलनमाउत्रिएको बताएको सुवेदीले बताए ।

मलेशियाको WRP कम्पनीले बिगत तीन महिना देखि कार्यरत हजारौं मजदुर लाई पारिश्रमिक उपलब्ध नगराए पछि

मलेशियाको WRP कम्पनीले बिगत तीन महिना देखि कार्यरत हजारौं मजदुर लाई पारिश्रमिक उपलब्ध नगराए पछि नेपाली मजदुर बाध्य भएर आन्दोलनमा उत्रिएका छन भने नेपाली राजदुतावास को टोलि उक्त कम्पनी मा जाँदै …

تم النشر بواسطة ‏‎Saighali Khabar – सैघाली खबर‎‏ في الاثنين، ٢٨ يناير ٢٠١٩