चालु हुँदै जेष्ठ नागरीक दिवा सेवाकेन्द्र



गोविन्द खड्का,
घोराही ।
जेष्ठ नागरिक दिवा सेवाकेन्द्र घोराही १५ को उत्साह टोलमा भोलि देखि औपचारीक चालु हुने भएको छ । केन्द्रका अध्यक्ष पुरुषोत्तम खनालको अध्यक्षता एवं सल्लाहकार नारायणप्रशाद शर्माको विशेष उपस्थितिमा सोमबार बसेको बैठकले उद्घाटन गर्ने निर्णय गरेको हो ।
घोराही उपमहानगरपालिकाको सहयोगमा दुई कोठे पक्कि भवन सहितको केन्द्र स्थापना भएको थियो ।

उक्त भवनमा जेष्ठ नागरीकलाई बस्न सजिलोका लागि कुर्सी, गद्धा सिरानी लगाएत उपयुक्त सामग्री राखिएको अध्यक्ष खनालले जानकारी दिनुभयो । उहाँका अनुसार कितावहरु, पत्र पत्रिका राख्ने पहल भएको छ ।

जेष्ठ नागरीकको रुची अनुसार धार्मिक, साहित्य लागएत पुस्तक राखिने छ । सर्वेदय पुस्तकालाय, राप्ति साहित्य परिषदका पुस्तकालय बाट पनि उपलब्ध गराईने छ ।

ईच्छाअनुसार पल्टीने, बाहिर घाम ताप्ने, भोक लाग्दा कालो चिया र विष्कुट खाने जस्ता सुविधाहरु राखिने खनालले बताउनुभयो । उहाँका अनुसार बाहिर बस्नेहरुलाई प्रतिक्षालय बनाउने योजना छ । टोलले संरक्षण गरेको करीब एक कठा जग्गा केन्द्रलाई उपलब्ध बनाएको छ । त्यसमा मन्दिर बनाउन चाहेपनि जमिन उपलब्ध हुने समितिले बताएको छ ।

भेट घाट, भलाकुसारी, आफ्ना तितिा मिठा अनुभव अनुभुति सुनाउने थलोको रुपमा विकास गर्न खोजिएको समतिले जनाएको छ । त्यस संगै मनोरञ्जनका साधनहरु पनि उपलब्ध गराईने छ । जसले घरमा समय विताउन सक्दैन, दिन कटाउन धौ भएको छ तिनका लागि उपयुक्त वातावरण बनाउने केन्द्रको लक्ष्य छ । दिउसो घरमा छटपटी हुनेलाई सजिलो बनाने छ ।

हातले समातेर छ्याई छ्याई गर्ने बाजा, डम्फु, मुर्च¨ा र बाँसुरीलगाएत बाद्य वाधनका साधन राखिने छ । भजन गाउन, अरु गीतहरु गाउन तथा नाच्न मिल्ने बातावरण बनाईने खनालको भनाई छ । उहाँकाअनुसार कसैलाई पनि दिक्दारी हुने छैन । सबै रमाउने छन् ।
यसैगरी समय समयमा स्वाथ्य परिक्षण गर्ने व्यवस्था मिलाउने समितिले जनाएको छ ।

रुचि अनुसार योग, ध्यानको व्यवस्थापनि हुने खनालले जानकारी दिनुभयो । सरसफाइ, धर्म लगाएत विभिन्न क्षेत्रका अनुभवीलाई झिकाएर प्रबचन तथा छलफल कार्यक्रम समय समयमा आयोजना गरीने छ ।

नजिक पसल नभएपनि तातो चिसो पानी र कालोचियाको व्यवस्था हुने छ । व्यवस्थापनका लागि समितिले कुर्वान गर्ने खनालले बताउनुभयो ।

जेष्ठ नागरीकको सम्मान गरेको भन्दै घोराही उपमहानगरपालिका प्रति आभार व्यक्त गर्नुभयो । उद्घाटन सत्रलाई भव्य वनाईदिन टोलवासी एवं सहभागिताका लागि सबैमा अपिल गर्नुभयो ।

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्