नेविसंघका १ दर्जन कार्यकर्ता वालुवाटारबाट पक्राउ



काठमाडौं – सरकारविरुद्ध आन्दोलनमा उत्रिएको नेपाली कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघका १ दर्जन कार्यकर्ता पक्राउ परेका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा सिट्ठी जुलुस गरिरहेको अवस्थामा नेविसंघका पूर्वकेन्द्रीय सदस्य गणेश सापकोटासहित १ दर्जन पक्राउ परेका हुन् । डा. गोविन्द केसीको जीवनरक्षाको माग गर्दै नेविसंघ केही दिनयता आन्दोलनमा छ ।

 

संसदले पारित गरेको चिकित्सा विधेयक पूर्वसम्झौता अनुरुप नभएको र सरकारले अधिनायकवादी शैली अपनाएको भन्दै देशैभर आन्दोलित भएका नेविसंघका कार्यकर्ता काठमाडौं लगायत धेरै जिल्लामा आन्दोलित छन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्