सुन काण्ड प्रकरणमा सघाउने कर्मचारीको अकुत सम्पत्ति, अख्तियारमा मुद्दा दायर



३३ किलो सुन तस्करी प्रकरणमा पक्राउ परेका त्रिभुवन अन्तराष्ट्रिय भन्सार कार्यालयका रेडियो अपरेटरले १४ करोड भन्दा धेरै अकुत सम्पत्ति आर्जन गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ । हाल निलम्बनमा परेका रेडियो अपरेटर श्यामकृष्ण च्यामु श्रेष्ठविरुद्ध मंगलबार बिशेष अदालतमा मुद्दा दायर भएको हो ।

उनले १४ करोड ६१ लाख २४ हजार चार सय ७८ रुपैयाँ अकुत आर्जन गरेको भन्दै आयोगले मुद्दा दायर गरेको हो । उनकी जेठी श्रीमती तारादेवी श्रेष्ठ, कान्छी श्रीमती रेखा श्रेष्ठ, बुवा ज्ञानकृष्ण श्रेष्ठ, आमा चन्द्रदेवी च्वामु श्रेष्ठ, भाइ रामकृष्ण श्रेष्ठ र भाइ बुहारी रविना प्रधानाङ्गको नाममा रहेको सम्पत्ति समेत गैर कानूनी रुपमा आर्जन गरेको भन्दै उनीहरुविरुद्ध समेत मुद्दा दायर भएको छ ।

रेडियो अपरेटर श्रेष्ठलाई दुईवर्षअघि सिआईबीले पक्राउ गरी मुद्दा चलाएको थियो । उनी विमानस्थलबाट सुन तस्करी गर्ने गिरोहमा आबद्ध भएको अनुसन्धानमा खुलेको थियो ।nagariknews

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्