यहा बन्दैछ –पहिलो अन्तराष्ट्रिय क्रिकेट रंगशाला



काठमाडौं । नेपालकै पहिलो अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला चितवनमा बन्ने भएको छ। अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको औपचारिक घोषणा भोलि बुधबार राष्ट्रिय सभा गृहमा प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा हुने छ।

भोली नै धुर्मुस–सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच निर्माण सम्झौता हुनेछ ।  भरतपुर महानगरपालिकाले उपलब्ध गराउने २० बिगाहा ६ कठ्ठा क्षेत्रफलमा रंगशाला बन्न लागेको रंगशाल निर्माणको घोषणा भोली १ बजे हुनेछ ।

गौतम बुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला नामाकरण गरिएको रंगशाला चितवनको भरतपुर महानगरपालिका १५ मा निर्माण हुनेछ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्