कृष्ण रेग्मी एक प्रतिभाशाली व्यक्ति हुन्–निर्देशक श्रेष्ठ



‘आउँदै छु भेट्न तिमीलाई तिम्रो त्यो घरमा’ गीतबाट चितवनका कृष्ण रेग्मी मोड्लीङ क्षेत्रमा प्रवेश गर्ने भएका छन् । २१ वर्षका कृष्णको शरीरको बनावट खाइलाग्दो छ भने उनको अनुहार आकर्षक सबैलाई लोभ्याउने छ ।

उनको उचाई ५ फिट ४ इन्च छ । त्यस्तै कृष्णको औषत तौल ५८ केजी छ । उनले यो गीतको म्यूजीक भिडियोमा आफू भित्र लुकेर रहेको प्रतिभालाई देखाउने मैका पाएको बताएका छन् ।

उनले भनेका छन्–‘मेरो सानै देखि यो क्षेत्रमा आउँने मन थियो । मेरो त्यो इच्छा आज पुरा भएको छ । म यो गीत बनाउने टीमलाई धेरै धेरै धन्यवाद दिन चहान्छु ।’

अब यो क्षेत्रमा आफ्नो क्षमताले भ्याए सम्मको प्रतिभा प्रस्तुत गर्ने उनले जानकारी दिएका छन् । यस गीतमा शब्द र स्वर सन्तोष सिलवालको छ भने संगीत विज्ञान न्यौपाने (किशोर)को रहेको छ ।

यसै गीतबाट मोडल कृष्णले आफ्नो अभिनय यात्रालाई पनि सुरुवात गरेका छन् । उनको जोडिका रुपमा निष्मा पोखरेलले अभिनय गरेकी छिन् । गीतको एरेन्ज दिपेश सिंहले गरेका भने निर्देशन रोशन कुमार श्रेष्ठले गरेका छन् ।

गीतको छायाँकन चितवनका विभिन्न मनोरम स्थलहरुमा गरिएको जनाइएको छ ।
अब रोशन कुमारले निर्देशन गर्ने गीतहरुमा र चलचित्रहरुमा पनि कृष्ण रेग्मीको अभिनय देख्न पाइने भएको छ । निर्देशक रोशन कुमार श्रेष्ठका अनुसार कृष्ण प्रतिभावान भएको हुँदा उनलाई आफ्ना साना ठूला प्रोजेक्टमा सामेत गर्ने निर्णय गरेका हुन् ।

उनले भने–‘कृष्ण रेग्मी एक प्रतिभावान व्यक्ति हुन् । उनका प्रतिभा अहिलेसम्म लुकेर बसेका थिए । तर अब म उनका प्रतिभालाई बाहिर ल्याउन सहयोग गर्ने छु । मलाई आशा छ उनका प्रतिभालाई सबै दर्शकहरुले मन पराउँनु हुने छ र मायाँ पनि गर्नुहुनेछ ।’ जे होस् कृष्ण एक प्रतिभावान अभिनेता बन्न सकुन हामी सबैको शुभकामना ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्