राष्ट्रिय जनमोर्चाले उठायो प्राकृतिक श्रोत साधनको पक्षमा आवाज



राष्ट्रिय जनमोर्चा जिल्ला समिती दाङ देउखुरीले प्राकृतिक श्रोत साधनको अनियंत्रित दोहनको विरुद्धमा जिल्ला प्रसासन कार्यालय र जिल्ला समन्वय समितिमा ध्यानाकर्षण पत्र बुझाएको छ।

जिल्ला अध्यक्ष गणेश आचार्य द्वारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा एकातर्फ उपभोक्ताले सहज रुपमा सामान नपाउने अर्कातर्फ बाहिर निकासी गर्ने यि दुबै कुरा गलत हो ।

 

अबैज्ञानिक तथा अबैधानिक उत्खनन कार्य लाई रोकि उत्खनन लाई ब्यबस्थित गर्न जोड दिइएको छ । ध्यानाकर्षण पत्र बुझ्दै प्रमुख जिल्ला अधिकारी गोबिन्द प्रसाद रिजाल र जिल्ला समन्व प्रमुख जितेन्द्र्मान नेपाली ले जताततै बेथिती रहेको र यसमा रोक्न कठिन छ । यो पत्र ले हामी ध्यानाकर्शीत भएका छौ हामी यस्लाइ ब्यबस्थित गर्न लागिपर्ने छौ भन्नुभएको थियोे ।

ध्यानाकर्षण पत्र बुझायपछि तुलसीपुर चोकमा पुगेर कोण सभा भएको थियोे । कोणसभामा जिल्ला अध्यक्ष गणेश आचार्य ,सचिब वसन्त पौडेल र सदस्य कपिलदेब खनाल बोल्नु भएको थियोे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्