बाढी पहिरोको क्षतिः ७० को मृत्यु, ५० हजार घर डुबानमा



सैघाली खबर
 काठमाडौं,३० साउन

अविरल वर्षाका कारण मुलुकभर पहिरो, बाढी र डुबानका कारण ७० जनाको मृत्यु भएको छ । ५० जनाभन्दा बढी बेपत्ता भएका छन् । ३० जनाभन्दा बढी घाइते भएको गृहमन्त्री जनार्दन शर्माले सीआईएनसँग कुरा गर्दै बताउनुभयो । उहाँका अनुसार ५० हजारभन्दा बढी घर डुबानमा परेका छन् भने २० हजार घर भत्किएका छन् । विभिन्न जिल्लामा भएको क्षतिका विवरणहरु आउने क्रम चलिरहेकाले क्षति अझै बढ्न सक्ने उहाँले बताउनुभयो । कतिपय प्रभावित ठाउँमा उद्धार गर्न कठिन भएको र आज आज बिहानैदेखि त्यो काममा लाग्ने बताउनुभयो । सबै ठाउँमा सुख्खा खाना, त्रिपालको व्यवस्था गरी अस्थायी बसोबासको व्यवस्था मिलाउने मन्त्री शर्माले बताउनुभयो । आवश्यक लत्ताकपडा, भाँडाकुँडा, उपचारका लागि स्वास्थ्यकर्मीको टोली आदिको व्यवस्था प्रारम्भिकरुपमा गरिने शर्माले बताउनुभयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्