केसीको अनशन २१ औँ दिनमाः ठट्टा नसम्झन चेतावनी !



काठमाडौँ – पूर्वप्रधानन्यायाधीश कल्याण श्रेष्ठले सत्याग्राहीलाई ठट्टा नसम्झान सरकारलाई चेतावनी दिएका छन् । सिकिस्त अवस्थामा त्रिवि शिक्षण अस्पतालको शैय्यामा छट्पटाइरहेका अनशनरत डा. गोविन्द केसीलाई भेट्न मंगलबार दिउँसो पुगेका पूर्वप्रधानन्यायाधीश श्रेष्ठले सरकारको रबैयाप्रति तीव्र असन्तुष्टि जनाएका छन् । यो समाचार आजको नागरिक दैनिकमा सुनील सापकोटाले लेखेका छन् ।

श्रेष्ठले डा. केसीको विषयलाई लिएर सरकार गम्भीर बन्नुपर्ने बताए । उनले अस्पताल परिसरमा रिले अनशनसहित आन्दोलनरत चिकित्सकका मागप्रति समेत ऐक्यबद्धता जनाए ।

 

उनले संसदीय हैन, संवैधानिक सर्वोच्चताको ख्याल गर्न सरकारलाई आग्रह गरे । डा. केसीको जीवनरक्षाका लागि समेत सरकारले चासो नदिएको भन्दै श्रेष्ठले आक्रोश व्यक्त गरे । डा. केसी अनशन बसेको मंगलबार २१ दिन पुगको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्