आज कति छ डलरदेखि कतारी रियालसम्मको विनिमयदर ?



काठमाडौं– नेपाल राष्ट्र बैंकले (माघ १६) लागि एक अमेरीकी डलरको खरिद मूल्य ११३ रुपैयाँ ४८ पैसा तोकेको छ । यसैगरी बिक्री मूल्य ११४ रुपैयाँ ०८ पैसा रहेको छ ।

एक युरोको खरिददर १२९ रुपैयाँ ७३ पैसा छ भने बिक्रिदर १३० रुपैयाँ ४२ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४९ रुपैयाँ १९ पैसा र बिक्रिदर १४९ रुपैयाँ ९७ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ३७ पैसा छ भने बिक्रिदर १० रुपैयाँ ४३ पैसा रहेको छ ।

कतारी एक रियालको खरिददर ३१ रुपैयाँ १६ पैसा र बिक्रिदर ३१ रुपैयाँ ३३ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३७४ रुपैयाँ २३ पैसा र बिक्रिदर ३७६ रुपैयाँ २० पैसा रहेको छ ।

 

 

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्