डा. केसीको अवस्था नाजुक



सैघाली खबर
काठमाडौं,३० साउन

चिकित्सा क्षेत्रमा सुधारको माग गर्दै आमरण अनसनरत डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बिग्रदै गएको छ । डा. केसीलाई जुनसुकै बेलामा पनि भेन्टिलेटरमा राख्नुपर्ने अवस्था सृजना हुने सक्ने चिकित्सकहरुले बताएका छन् । डा. केसीको निगरानी गरिरहेका चिकित्सहरुले उहाँलाई कुनै पनि बेलामा भेन्टिलेटरमा राख्न पर्ने बताएका छन् । आइसियु र भेन्टिलर कक्ष तयारी अवस्थामा राखिएको डा. केसीका सहयोगी डा. अभिषेक राज सिंहले जानकारी दिनुभयो । काठमाण्डौ १० वर्षसम्म मेडिकल कलेज खोल्न नपाइने डा. केसीको मुख्य मागमा सरकारी पक्ष सहमत नहुँदा उहाँको अनसन तोडिएको छ

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्