‘अर्थतन्त्रको विकास नै समृद्धिको आधार ’–बज्राचार्य



यही साउन ३१ गते दाङ जिल्ला उद्योग वाािण्ज्य संघको नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक प्यानल वाट अध्यक्षमा प्रत्यासी रहेकी मन्जु बज्राचार्य संग सैघाली खबरका संवाददाता गिरिराज नेपाली गर्नुभएको कुराकानी सारसंक्षेप –सम्पादक 

‘एक गाँउ एक उत्पादन अवधारणा निर्माण गरी दाङको आर्थिक विकासमा मुख्य भुमिका निर्वाह गरिने छ । समृद्धिको आधाअर्थतन्त्रको विकास रहेकाले दाङ औद्योगिक हवका रुपमा विकास गरी समृद्धिका ढोकाहरु खोलिने छ । ’

स्वागत छ ?
धन्यावाद…

केमा व्यस्त हुनुहुन्छ ?
२ दिन पछि मात्रै दाङ जिल्ला उद्योगा वािण्ज्य संघको नयाँ नेतृत्व चयन हुदै छ । त्यसैका प्रचारमा व्यस्त छु । अध्यक्षको प्रत्यासी रहेकाले व्यावसायीक एकता संरक्षण र विकास लागि योग्य र सफलउम्मेद्वार चुनौ भन्दै व्यापारीहरु संगको भेटघाटमा व्यस्त छु ।

चुनाव पक्कै जितिन्छ ?
निश्चित छ कि यसपालीको उद्योग वाणिज्य संघको नेतृत्व प्रजाताीन्त्रक प्यानल नै सफलता पाउने छ । व्यावसायीहरु आतुर छन ,प्रजातान्त्रिक प्यानल लाई नेतृत्वमा ल्याई संघको नेतृत्व लाई चलाएमान गराई व्यावसायिक हक हित संरक्षणका लागि प्रजातान्त्रिक टिम विगत देखी नै सक्रिय रहदै अग्रिणी भुमिका निर्वाह गरेकाले यसपालीका विजय निश्चित नै रहेको दावी गरिन ।

जित्ने आधारहरु के–के छन ?
दाङ, दाङको मात्रै नभई नेपालकै नमुना योग्य औद्योगिक शहरका रुपमा विकास गरी आर्थिक मजवुत दाङको अर्थतन्त्र लाई मजवुत वनाउने वताईन । राज्यको विभेदकारी नितिका कारण व्यावसायीक चपेटामा परेको व्यावसायीहरुको समस्या समाधान गरी स्वतन्त्र र समृद्ध व्यापार चुनावी एजेण्डा वोकी मैदानमा उत्रिएका छौ ।
व्यावसायिक हक अधिकार स्थापित गर्न , दाङ लाई व्यावस्थित औद्योगिक शहरका रुपमा विकास गर्न र दाङ लाई प्रादेशिक राजधानी वनाई व्यापारीक केन्द्र रुपमाका विकास गरी दाङ आर्थिक वृद्धि लाई मजवुत वनाइ्र्र राख्ने आधारहरु छन । साथै चल्दै आईरहेको कोईलावास नाका संञ्चालन गरी दाङ र भारत लाई प्रत्यक्ष व्यापारीक सम्वन्ध स्थापित गर्न , पर्यापर्यटक क्षेत्रको विकास रुपमा विकास होटेल लगाएत अन्य पर्यटकिय पुर्वाधारहरुको विकास गर्ने , साथै दाङको हवाई यातायात लाई सञ्चालनमा ल्याउन प्रयास गरिने लगाएतका आधारहरु रहेका छन ।

आधारहरु प्रशस्तै भन्नुभयो राम्रा पनि रहेछन ?अल्प ,मध्य र दिर्घकालिन योजना के छन ?

राज्यको कानुनी दायरामा नआई जुन घुमन्ते व्यापार गरी वजारको सुन्दरता र व्यावसायहरुको अस्तित्व गुमाउने घुमुवा व्यापारहरु छन । ति व्यापारहरु निर्वाचन भएको केहीदिनमै वन्द हुने छन । कतिपय कानुनी दायरामा आउन नसकेका व्यावसायहरु लाई कानुनी दायरामा ल्याई सुरक्षित र संरीाष्त व्यापार सेवा संञ्चालनका लागि तत्काल काम गरिने छ । साथै राज्यको फितलो कर नियमयनकार ि िव्यावहारका ग्रसित व्यावसायीहरु कर कहरका रुपमा होईन रहरका रुपमा तिर्नु पर्ने भावनाको विकास गरिने छ । साथैअसुरक्षाको अनुभुती गरिरहेका व्यापारीहरु लाई सुरक्षामैत्री व्यावसाय निर्माण र संञ्चालनका लागि सुरक्षित व्यापार र सुरक्षित व्यावसाय निर्माणका लागि काम गरिने छ ।
साथै घोराही मासु पसलहरु एकदमै अव्यवस्थित रहेकाले पहिलो प्राथामिक्ताका आधारमा मासु पसलहहरुको व्यावस्थापनका र वंधरशाला निर्माणको काम गरिने छ । दोस्रो कुरा वन्न लागेको सभाहल लाई पुर्णता दिए नयाँ कार्यलय भित्रै सभाहल निर्माण लाई समापन गरिने छ । भने त्यो संगै रापती स्वास्थ्य विज्ञान प्रतिष्ठान निर्माणका लागि विशेष योगदान र पहल गरिने छ ।
तेस्रो कुरा दाङ एक गाँउ एक उत्पादनको अवधारणा लागु गरी आर्थिक आत्मनिर्भरताको वाटा खोजिने छ । भने दाङको उत्पादित वस्तु अन्र्तराष्ट्रिय वजारमा समेत पु¥याई दाङको नाम फैलाईने छ । साथै दाङ लाई औद्योगिक शहरका रुपमा विकास दाङको लगानी उद्योगमा भने सोचको विकास गरी व्यावसायिक विकास थालनी गरिने छ । वेरोजगारको अन्त्य गरी स्वरोजगारको स्थापना गरी युवा वेरोजगारी र वैदेशिक पलाएनको दर लाई घटाईने छ । कृर्षि क्षेत्र लाई आधुनिक यान्त्रिककरण गरी कृर्षि विकासमा पनि विशेष काम गरिने छ ।

व्यावसाय विकासमा के गर्नुहुन्छ नि ?

दाङ लाई लगानी वजारको रुपमा खुल्ला गरी औद्योगिक विकास र स्थापनाका लागि सवै सरकारी तथा निजि क्षेत्रको सहकार्यमा विशेष योगदान गरिने छ । लगानी मात्रै थुपारीरहेका व्यापारीहरु लाई लेखा तथा वित्तिय व्यावस्थापन सम्वन्धी विशेष परामर्श दिई लगानी संरक्षण र परिचालन वारे राम्रो ज्ञान दिई व्यावसाय विकासमा स्वतह आफैले गर्नसकिने भावनाको विकास गरिने छ । राज्यको नितिहरु व्यावसायहरुको पसलपसलमा पु¥याई व्यावसाय विकासका लागि यस्तो र संरक्षणका खुल्ला छलफल गरिने छ ।
खासमा व्यावसाय विकासका लागि व्यावसाय एकता र राज्यको सहकार्यमा विभिन कार्य थालनी छ । व्यावसायको संरक्षण र दिगोपनाका लागि काम गरिने छ ।

व्यापारीका कस्ता चुनौती छन ? ति चुनौती समाधानका लागि के गर्नुहुन्छ ?

व्यापारीहरुकाल तमाम चुनौती झेल्नु परेको छ । कर , घरभाडाँ , अण्डरविलिङ , घुमन्ते व्यापार , खुल्ला व्यापार जस्ता समस्याहरु थुप्रै छन । तर ति समस्याहरु समाधानमा कसैको ध्यान छैन । राज्यले त्यस वारे केही सुन्नै चाहादैन । तर ति समस्याले व्यापारीहरु थकित छन । अव मलाई लाग्छ ति समस्याहरुको समाधान अवको नेतृत् वगर्न सक्छ । घरवेटीको मनोमानि भाडाँ वृद्धि , भन्सारमा अण्डरविलिङ , राजस्व कार्यालयको दवदवी जस्ता कारणले व्यापारीहरु राज्य वाट ग्रसित रहेकाले ति समस्या समाधानमा अवको नेतृत्वले चाँडै एक्सन लिने ति समस्या वाट व्यापारीहरु लाई छुटकरा दिलाउने छ ।

अन्त्यमा केही भन्नुहुन्छ ?

मलाई मेरो कुरा राख्न दिनुभएको सैघाली अनलाईन खबर लाई धन्यावाद । संघको नेतृत्व सक्षमता , अनुभव र योग्य व्यक्तिको हातमा जानु पर्छ । मलाई आशा छ । त्यो आशा लाई व्यापारी साथीहरुले वुझ्नु हुने छ । धन्यावाद

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्