तीनजना एसपीको सरुवा



काठमाडौं ।प्रहरी प्रधान कार्यालयले तीनजना प्रहरी उपरीक्षक एसपीको काज सरुवा गरेको छ। गृह मन्त्रालयको सहमतिमा तीनजना प्रहरी उपरीक्षकको काज सरुवा गरिएको प्रहरी प्रधान कार्यालयले जनाएको छ। सरुवा हुनेमा धनुषा जिल्ला प्रहरी कार्यालयमा ललितपुर प्रहरी परिसरका प्रहरी उपरीक्षक शेखर खनाललाई सरुवा गरिएको छ।

त्यस्तै, धादिङ जिल्ला प्रहरी कार्यालयमा राजकुमार वैदवारलाई सरुवा गरिएको छ भने सिन्धुलीमा चक्रबहादुर सिंहलाई लगिएको छ। यसअघिका सिन्धुलीमा एसपी रामेश्वर यादव, धनुषामा एसपी गोविन्द थपलिया र धादिङका एसपी डम्बर बिक रहेका थिए।

रामेश्वर यादवलाई प्रहरी प्रधान कार्यालयमा, धादिङका एसपी डम्बर बिक महाराजगञ्जस्थित प्रहरी शिक्षालयमा र धनुषाका एसपी गोविन्द थपलियालाई ललितपुर प्रहरी परिसर तानिएको छ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्