सातसमुन्द्र पारी भय पनि मेटिएन गीतसङ्गीतको यात्रा, दङ्गाली सर्जक नारायण गिरि



सैघाली खबर

दाङ ,३०,साउन


पछिल्लो समय प्रबासबाट कला साहित्यका क्षेत्रमा लामबद्ध हुने प्रतिभाको संख्या बढ्दै गएको छ । धन कमाउने ठुलो सपना बोकेर श्रम बेच्न खाडि पुगेका युवाहरुमा जति सुकै दुख कष्ठ आई परेपनि नेपालप्रतिको माया स्नेह ,मोह अलिकति पनि कम हुदैन । यसको ज्वलन्त उदारहण हुन् । खाडिबाट गित संगितका क्षेत्रमा उदाउने नयाँ कलाकार श्रम गर्दा गर्दै सुरु हुन्छ नेपाली पन , नेपाली संस्कृति ,नेपाली कला प्रती को माया , अनी आफ्नै गाउ ठाउको झझल्को ,त्यसैबाट उम्रन्छ कला अनि साहित्यका विजहरु । तिनै विउलाई खाडिबाटै संगितको माध्यमबाट , पोखिन्छ ब्याड मा परिवार को सम्झना प्रबासी भुमि मा भोगीरहेको पिडा लगाएत यी याबद आयाम लाई समेट्दै बिदेशी भुमि बाटैआफ्नो सुगन्ध फैलाउदै आउछन् नयाँ नब उयमान कलाकार हरु त्यही बगैंचा मा सानो कला को बिरुवा रोप्दै मल जल गर्दै आइरहेका छ्न सर्जक नारायण गिरी ।
नेपालको सुन्दर नगरि दाङ्ग तुल्सीपुरको लामीदमार दाङमा बुवा कृष्ण गिरी र आमा भुमसरा गिरीको कोख बाट जन्मिनु भएका गिरी बिगत ३ बर्ष देखी रोजगारीको सिलसिलामा मलेसियामामा कार्यरत छन । गित संगीत भने पछि सानै देखि हुरुक्क हुने गिरी प्रदेसबाट भए पनि आफ्नो कलम चलाउने प्रयासरत छन । “छल्कियो पानी गाग्री भरियो” बाट साङितिक् क्षेत्रमा पाइला टेक्नु भएका सर्जक गिरीले १ दर्जन भन्दा बढी गीत हरु मा लय शब्द तथा स्वोर दिइसक्नु भएको छ । उहाले सिर्जना गर्नु भएका गितहरू मौलिख पन समेटिएका पनी छन पुराना पुस्ताले रूचाउने गितहरू र नया पुस्ताहरूले रूचाउने गितहरू पनी उनले रच्ने गरेको पाइन्छ उनले लेखेका गितहरू बिषेस गरी बृद्द बृद्दा आमा बुबा हरूलाई मन पर्ने गरेको बताए का छन । समाजमा पच्ने खालको शृजना उतार्नु पर्ने उहाको दृढता छ अहिले सम्म सबैको मन जित्ने शृजना बजारमा आइरहेका छन । उनलाई एउटा मार्गनिर्देशन दिने सहि बाटोको खाचो परेको छ यदि यो हुन्थ्यो त थप केही गर्ने सोच अबिबृद्धी गर्दै लाने थिए उहाले भन्नु भयो । उनले भने म यो यात्रालाई निरन्तरता दिन्छु , मेरो रहर ,चाहना पनि हो अब त लक्ष्य नै बन्यो । गित संगितको क्षेत्रमा आफुलाई अझै निखार्दै लैजाने उहाले जानकारी दिनु भयो ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्