उपमहानगपालिकाका बासिन्दा अझै मैनवत्ती र टुक्कीको भरमा



तुलसिपुर उपमहानगरपालिका वडा नम्बर ३ अम्बास, नाउला, कल्ले, बल्ले (साविकको पुरै वडा नं. ७) का सबै घर मैनवत्ती, टुक्की र सोलार लाइटको माध्यमबाट उज्यालो हुने गर्दछ ।

उपमहानगपालिकाका अरू वडाका बासिन्दाले चिमलाईट, वल्व, ट्युवलाईटबाट घर उज्यालो गरिरहँदा त्यहाका बासिन्दा भने मैनवत्ती वा टुक्कीको भरमा घर उज्यालो बनाउन बाध्य छन् ।

साबिकको नं. वडा नम्बर मा करिब आठ सय घरधुरी छन् । तर, सो वस्तीमा अहिले पनि विद्युत सेवा पुग्न सकेको छैन । विद्युत सेवा मात्रै होइन्, अझैं शुद्ध खानेपानी लगायत आधारभूत सेवाबाट बञ्चित रहेको अवस्था छ ।

त्यहाका बासिन्दाले लामो समयदेखि शुद्ध खानेपानी, विद्युत लगायतका आधारभूत सेवाबाट बञ्चित हुनुपरे पनि आशा भने छोडिसकेका छैनन् । प्रत्येक निर्वाचन झैं गत वर्षको स्थानीय निर्वाचनमा विभिन्न दल तथा उम्मेदवारहरूले बाँडेको आश्वासन भूलेका छन् । ‘पछिल्लो स्थानीय तह निर्वाचनका बेला पनि विभिन्न उम्मेदवारले विद्युत, खानेपानी , सडक,शिक्षा,स्वास्थ लगायतका सेवा पुर्‍याउने आश्वासन दिएा थिए ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्