बाढीमा परी चितवनमा तीन जनाको मृत्यु



बाढीमा परी चितवनमा तीन जनाको मृत्यु
चितवन, साउन ३० गते । अविरल वर्षापछि चितवनमा आएको बाढीका कारण तीन जनाको मृत्यु भएको छ । बाढीले बगाएर मृत्यु हुनेमा राप्ती नगरपालिका–८ की ४२ वर्षीया गोमनकुमारी रानामगर, इच्छाकामना गाउँपालिका–३ का २४ वर्षीय कमलबहादुर प्रजा र राप्ती नगरपालिका–८ बस्ने ७७ वर्षीया फूलमती चेपाङ् रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।रानामगरलाई पम्फा खोलाको बाढीले बगाएर, फूलमतीको घर ढलेपछि थिचेर र कमलबहादुरको स्थानीय बारवाङ् खोलाले बगाएर मृत्यु भएको हो ।

यस्तै, बाढीमा परी एकजना घाइते भएका छन् । घाइते हुनेमा माडी नगरपालिका–७ की कमला नेपाली रहनुभएको छ । उहाँ आफ्नै घरले थिचेर घाइते हुनुभएको हो । घाइते नेपालीको चितवन मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।यस्तै, एकजना बेपत्ता भएका छन् । बेपत्ता हुनेमा राप्ती नगरपालिकाका ५५ वर्षीय रणबहादुर चेपाङ रहेको प्रहरीले जनाएको छ ।जिल्ला प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी उपरीक्षक दीपक थापाका अनुसार बाढीको जोखिममा रहेका दुई हजार ९५७ जनाको उद्धार गरिएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्