प्रत्येक रात सर्पसँग सुत्ने महिलालाई एकदिन डाक्टरले खोले एक भयानक सत्य



हामीले पालेका जनावर परिवारको सदस्यभन्दा कम हुँदैनन् र हामीले ती जनावर दिन रात आफूसँगै होस् भन्ने चाहन्छौं। यसैकारण धेरै मानिसहरुले आफ्नो पाल्तु जनावरलाई आफू सँगै सुत्ने छुट दिएका हुन्छन्। कुकुर बिरालोलाई आफूसँगै सुत्न दिइनु ठिकै हो तर कुनै जनावरहरुलाई आफूसँगै बेडमा सुताउनु घातक साबित हुनसक्छ।

सबै जनावरहरु मानवसँग सुत्न लायक हुँदैनन्। यो कुरा एकजना महिलाले राम्रोसँग बुझेकी छिन्। ती महिलाले आफ्नो मायालु पाइथनलाई प्रत्येक रात आफू सँगै सुताउने गर्दथिन्। पाइथन उनको टाउकोदेखि खुट्टासम्मै फैलिएर सुत्ने गर्दथ्यो।एकदिन अचानक, उनको पाइथनले खाना खानै छोड्यो। आफ्नो मायालु पाइथनलाई के भयो भनी महिला भेटेनरी धाइन्।

 

उपचारको क्रममा भेटेनरी डाक्टरले उनलाई सर्पको व्यवहारबारे थुप्रै प्रश्नहरु सोधिन्। महिलाले आफ्नो सर्पको अचम्मको सुत्ने तरिकाबारे जानकारी गराइन्। त्यतिबेलै भेटेनरी डाक्टरले उनलाई अझ थप प्रश्नहरु तेर्साइन्।बोरडम थेरापीका अनुसार विभिन्न तरिकाले परिक्षण गरेपछि भेटेनरी डाक्टरले उनलाई निकै डरलाग्दो सत्य बताइन्। उनको पाइथनले यसकारण खान छोड्यो किनभने उसले आफ्नो पेटलाई ठूलो खानाको लागि तयार पार्दै थियो । वास्तवमा पाइथनले उनलाई निल्ने तयारी गरिरहेको थियो।

भेटेनरी डाक्टरले भनिन्, तपाईंको पाइथन धेरैजसो तपाईंको शरिरमाथि चढ्छ र घस्रन्छ भने यसले वास्तवमा तपाईंको आकार मापन गरिरहेको छ। तपाईंलाई आक्रमण गर्नुपूर्व तपाईं कति ठूलो हुनुहुन्छ भनेर परिक्षण गरिरहेको छ। डरलाग्दो वास्तविकता थाहा पाएपछि ती महिलाले आफ्नो पाल्तु पाइथनबाट बिस्तारै बिस्तारै दुरी बढाइन्। अब उनले आफ्नो मायालु पाइथनलाई सुत्नको लागि छुट्टै स्थानको व्यवस्था मिलाएकी छिन्। एजेन्सी

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्