पाठेघरको क्यान्सरको लक्षण यस्ता छन्



अधिकाशं नेपाली महिलाहरुमा जरो गाढेर बसेको स्वास्थ्य सम्बन्धी समस्या भने पाठेघरको समस्या हो । जब कुनै पनि महिला हरुालाई यो समस्या आँउछ तब उनिहरु जचाउन तथा अरुलाई यसको बारेमा जानकारी दिन चाहादैनन् । महिलाहरु पाठेघरसम्बन्धि समस्याहरु अरुलाई भन्न लजाउने भएकाले पनि यस रोगका बिरामीहरु बढ्दै गएको विशेषज्ञहरु बताउँछन् ।

जसले गर्दा पछि गैर महिलाको स्वास्थ्यमा ठूलो समस्या आउने गर्छ । त्यसैले पाठेघरसम्बन्धि कुनै पनि समस्या आउने बित्तिकै नलजाइकन भन्न सक्नुपर्छ र डाक्टरसँग सम्पर्क गर्नुपर्छ । पाठेघरको समस्याले गर्दा महिलामा पाठेघरको क्यान्सर हुने सम्भावना बडी हुन्छ । पाठेघरमा आउने विभिन्न समस्याहरु क्यान्सर रोगको लक्षण हुन सक्छ ।

 

महिनावारी हुदाँ वा हुनु पूर्व तल्लो पेट पहिलेको भन्दा धेरै दुखेमा, महिनावारी समयमा नुहने वा छिटो छिटो हुने, महिनावारी समयमा भएको छ तर रक्तश्राव धेरै दिनसम्म भइरहेको छ भने, महिवारी समयमा भइरहेको छ तर रक्तश्राव भने सामान्य दिनमा भन्दा बढी भइरहेको छ भने कतै पाठेघरमा ट्यूमर पलाएको त छैन भनेर शंका गर्नु पर्दछ ।

यसैगरी श्रीमान् श्रीमतिबीच यौन सम्पर्क गर्दा पेट दुख्न थालेमा वा योनी दुख्न थालेमा र महिनाबारी हुने समयको बीचमा (दुई महिवारीको बीचको समयमा) ‘इन्टर मेन्सुरेशन व्लिडिङ्ग’ अर्थात रगतहरु देखापरेमा पनि त्यो ट्युमरको संकेत हुन सक्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्