राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधयेक सहमति नजिक



सैघाली खबर
दाङ, ३० साउन । दाङमा सञ्चालन गर्नेे भनिएको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको विधयेक छलफल सुरु भएको छ ।उक्त विधेक माथि सहमति जुटाउन फाईल अर्थ तथा शिक्षा मन्त्रालयमा पुगेको माओवादी केन्द्र दाङका ईञ्चार्ज जीवन गौतमले जानकारी दिनुभयो । हाल उक्त विधयेक माथि निरन्तर छलफल जारी रहेको छ अबको केही दिनमा सहमति जुट्ने सम्भावना छ गौतमले भन्नुभयो । मन्त्रीपरिषद् बैठकले यसअघि नै प्रतिष्ठान निमार्णका लागि प्रक्रिया अघि बढाउन स्वास्थ्य मन्त्रालयलाई सैद्धान्तीक सहमती दिएको हो ।

मन्त्रालयले प्रतिष्ठानको विधेयक तयार पारेको छ । प्रतिष्ठानको विधेयक छिट्टै संसदमा दर्ता हुने गौतमले जानकारी दिनुभयो । विधयेक माथि सहमति जुटे प्रतिष्ठानको ऐन निर्माणका लागि बाटो खुल्छ उहाँले भन्नुभयो । यो प्रतिष्ठान सरकारले प्रदेश नम्बर पाँचका लागि स्थापना गर्न लागेको हो उहाँले भन्नुभयो । सरकार र अनशनरत डा.गोविन्द केसीबीच हरेक प्रदेशमा सरकारले एक मेडिकल कलेज स्थापना गर्ने सहमती भएको थियो । सो सहमती अनुसार राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान दाङमा स्थापना हुन लागेको हो । राप्ती उपक्षेत्रीय अस्पताललाई सरकारले प्रतिष्ठान बनाउने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्