बबइ गाउपालिकाद्धारा क्षतिको विवरण संकलन गर्न सुरु



सैघाली खबर

हापुरे, ३० साउन । बबइ गाउपालिकाले अविरल पानीले पुर्याएको क्षतिको विवरण संकलन गर्न प्रत्येक वडामा टोलि खटाएको जनाएको छ । गाउँकार्यापालिका बैठकले प्रत्यक वडा अध्यक्ष, वडा सदस्य, कर्मचारी रहेको समिती गठन गरेको प्रबक्ता टंक बिश्वकर्माले जानकारी दिनुभएको छ ।बिकट क्षेत्र भएकोले क्षतिको विवरण प्राप्त हुन नसकेको निर्णय गर्दै कार्यपालिकाले भोलिसम्म सबै विवरण बुझाउन सबै वडाका प्रतिनिधिलाई निर्देशन दियको छ ।यस्तै उद्दार कार्यमा नेपाल रेडक्रसलगायतका सस्थालाइ आग्रह गर्ने निर्णय गरेको छ ।

साथै भोलि सबै विवरण प्राप्त गरेर राहतका कार्यक्रम सुरु गर्ने जनाएको छ । त्यसैगरी बबइ गाउकार्यपालिकाले तत्काल मर्मत गर्नु पर्ने सडक मर्मत गर्ने निर्णय गरेको अध्यक्ष भुबनेश्वर पौडेलले जानकारी दिनुभएको छ । त्यस्तै बैठकले बबइ तथा अन्य खोला आसपासका जनतालाइ सचेत हुन आग्रह गरेको अध्यक्ष पौडेलले जानकारी दिनुभएको छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्