कंगनाले छाडेका ८ फिल्म, जसले बनाए रेकर्ड



जेन्सी । अभिनेत्री कंगना रनौतले कुनै दिन भेनकी थिइन् कि भारतीय फिल्म उद्योगमा उनलाई कुनै खान(शाहरुख, सलमान या आमिर)को आवश्यकता छैन । उनले आफू कुनै स्टारलाई उभ्याएर सफलता पाउन नचाहने व्यक्ति भएको बताएकी थिइन् ।

पछिल्लो समय अभिनेत्री कंगनाको बलिउडमा निकै चर्चा छ । कन्ट्रोभर्सीका कारणले भन्दा पनि उनले दिएको हिट फिल्मका कारणले उनको चर्चा चुलिएको हो । केही दिन पहिले रिलिज भएको कंगनाको फिल्म ‘मणिकर्णिका’ले पनि बक्सअफिसमा राम्रो कमाई गरिरहेको छ । केही बर्षयता कंगनाका फिल्म सुपरहिट भइरहेका छन् ।

कंगना बलिउडकी ती अभिनेत्री हुन् । जो अफर आएको धेरै फिल्म छोड्ने गर्दछिन् । उनले फिल्म छोड्नुको मुख्य कारण महिलाको भूमिका कमजोर भन्ने रहने गरेको छ ।

सुल्तान

 

सन २०१६ को सबैभन्दा बढी कमाउने फिल्म ‘सुल्तान’मा अनुष्काले निर्बाह गरेको भूमिका पहिले कंगनालाई अफर गरिएको थियो । तर कंगनाले फिल्म अभिनय अस्वीकार गरेपछि अनुष्का भित्रिएकी थिइन् ।

सञ्जु

कंगनालार्ई सञ्जुको लागि मान्यता दत्ताको भूमिका अफर गरिएको थियो । तर उनले फिल्म अभिनय गर्न रुचाइनन् । यो फिल्ममा उनको भूमिका सानो थियो । फिल्ममा यो भूमिका दिया मिर्जाले निर्वाह गरेकी थिइन् ।

डर्टी पिक्चर

सन् २०११ को सबैभन्दा चर्चित फिल्ममध्येको एक थियो डर्टी पिक्चर । यो फिल्ममा पहिलो पटक विद्या बालनले निकै बोल्ड सिन दिएकी थिइन् । विद्याले निर्वाह गरेको भूमिका पहिले कंगनाको हातमा परेको थियो । तर गीतका कारणले उनले यो फिल्म छोडेकी थिइन् ।

बादलो से परे

इरानी निर्देशकले बनाएको फिल्म ‘बादलो से परे’ शाहिद कपुरको भाई इशान कट्टरको पहिलो फिल्म थियो । निर्देशक भने अस्कर नोमेनिज थिइन् । फिल्मका लागि अभिनेत्री पहिले कंगन चयन भएक िथिइन् । उनले अस्वीकार गरेपछि फिल्ममा मालविका मोहनन भित्रिएकी थिइन् ।

जीरो

निर्देशक आनन्द एल रायले कंगना लिएर तानु वेड्स मनु निर्माण गरेका थिए । त्यसैले जीरोका लागि पहिले कंगनालाई अफर दिइएको थियो । तर उनले फिल्म अभिनय गर्न मानिन् । त्यसपछि फिल्ममा अनुष्का शर्मा जोडीएकी हुन् ।

बजरंगी भाइजान

बक्स अफिसमा ‘बजरंगी भाइजान’ले रेकर्ड तोडेर कमाई गरेको थियो । फिल्ममा करिनाले निर्वाह गरेको भूमिकाको लागि पहिले कंगनालाई अफर गरिएको थियो । तर भूमिका छोटो भएकोले कंगनाले इन्टेस्ट दिइनन् ।

एयरलिफ्ट

सन् २०१६ को हिट फिल्मको लिष्टमा एयरलिफ्ट पनि सामेल छ । फिल्ममा अक्षयको पत्नीको भूमिकाको लागि पहिले कंगनालाई अफर गरिएको थियो । तर कंगनाले नमानेपछि निमरत कौर भित्रिएकी हुन् ।

रुस्तम

‘रुस्तम’मा पनि कंगनालाई अक्षयको पत्नीको भूमिकामै अफर गरिएको थियो । उनले फेरि अक्षयको पत्नी बन्न मानिनन् । यो फिल्ममा उनी अटाउन नसकेपछि इलियान डिक्रुज भित्रिएकी हुन् ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्