टिभिएसका जुपीटर र एन्ट्रकलाई बजार परिक्रमा



गोविन्द खड्का
घोराही.। 
टिभिएस वाईकको शोरुम न्यू श्रेष्ठ ईन्टरप्राईजेज घोराहीले जुपिटर क्लासिक र एन्ट्रक स्कुटरलाई मंगलवार बजार परिक्रमा गराएको छ । घोराही १५ को शिववस्ति टोलमा रहेको श्वरुम बाट शुरु भएको याली नेपाली सेना, भिंग्रेली चोक, भरतपुर दिपशिखा चोक हुँदै घोराही बजार परिक्रमा गरेको थियो । यसैगरी याली नारायणपुर बजार सम्म पुगेको थियो ।

यालीमा हभागि स्कुटरमा टिभिएसका लोगो अंकित सेता झण्डाहरु फर्फराईएको थियो । यालीमा नेपालका लागि आधिकारीक विक्रेता जगदम्बा मोटर्सका प्रतिनिधिहरु लक्ष्मण पोख्रेल, प्रकाश श्रे्ष्ठ सर्भिस ईन्जिनियर प्रशान्त श्रेष्ठ लगाएतको सहभागिता थियो । महिला पुरुष चालकहरु यालीमा सहभागि थिए । उनिहरु बजारका विभिन्न क्षेत्रमा प्रचारका लागि पुगे ।

पुरानो लुक्स, सेमी मेटलबडी, कम्फर्टेवल सिट, २२ लिटर क्षमताको फराकीलो डिक्कि जुपीटर क्लासिक स्कुटरमा रहेको छ । यसैगरी फ्रन्ट डिस्ब्रेक, चेस भाईजर, मोवाईल चार्जिङ, ट्युवलेस टायर स्कुटरमा विशेषता रहेको न्यू श्रेष्ट ईन्टरप्राईजेजका सन्चालक सुमन श्रेष्ठले जानकारी दिनुभयो । यसको मुल्य एक लाख ९८ हजार नौ सय पर्ने सन्चालक श्रेष्ठको भनाई छ ।

यसैगरी एक सय २५ सिसिको आधुनिक खालको स्कुटर एनट्रकलाई पनि यालीमा घुमाईएको थियो । सञ्चालक श्रेष्ठका अनुसार फुल डिजिटल मिटर, गुड लुकिङ, ब्लुटुथ कनिक्टेड, मोवाइलमा फोन आएको मिटरमा थाहहुने, जिपिआरएस सिष्टम कनेक्टेड, मोवाईल चार्जिङ, फ्रन्ट डिस्व्रेक रहेको छ ।

यसमा पुरै डिजिटल छ । सञ्चालक श्रेष्ठका अनुसार जहाँ पुग्दा पनि अराईभ फलानो ठाउँ भनेर देखाउँछ । फोन आयो भने कसको आयो भनेर हेर्न सकिन्छ । चोरी भयो भने जिपिआरएस बाट थाह पाउन सकिने । यति फंङसन भएको स्कुटर पहिलो भनेर श्रेष्ठले दावि गर्नुभयो । यसको मुल्य दुई लाख २४ हजार नौ सय रहेको जानकारी दिनुभयो ।


गत आसोजमा शो रुम उद्घाटन भएको थियो । लगतै शुरुभएको दशै तिहार दश करोड रोड अफर कार्यक्रममा घोराही १५ का खिमकला घिमिरेले एक लाख नगद जित्न सफल हुनुभएको थियो । उहाँले जस्तै मोटसाईकल खरीद गरेर दशहजार नगद जिच्नेहरुमा केसी ब्रदर्स एण्ड सप्लार्य घोराही, कृष्ण भक्त श्रेष्ठ तुलसीपुर, सविन हमाल सल्यान पर्नुभएको थियो । उक्त कार्यक्रममा एक दिनमा एक जनालाई एक लाख दश जनालाई दश हजार थियो ।

अत्याधुनिक शैलीमा सजाईएको श्वरुममा बाईक र स्कुटर छन् । सबै भन्दा धेरै विशेषता (फिचर्स) भएका वाईकहरु राखिएको श्रेठको भनाई छ । उहाँकाअनुसार एटिआर १६० फोरभि र एटिआर दुई सय फोरभि जस्ता अत्याधुनिक मोटरसाईकल छन् । विक्री, पार्टस र सर्भिसको सुविधा छ । टिभिएसले सन् २००२ मा क्वालीटि मेन्टन अवार्ड पाएको थियो ।

बलियो, सजिलै पार्टस पाईने, सर्भिस सेन्टर ठाउँ ठाउँमा स्थापना गरीएकोले व्यापार गर्न सजिलो भएको छ । नेपालका लागि आधिकारीक विक्रेता शंकर ग्रुप अन्तर्गत जगदम्बा मोटर्सले विक्रि वितरण गर्दछ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्