बजार अतिक्रमण हटाउन शुरु



कृष्णनगर , । नगरभित्र पर्ने बाटाेलाई अतिक्रमित गरि बनाईएका भाैतिक संरचनाहरुलाई नगरपालिकाले हटाउन शुरु गरेकाे छ। बीसौं बर्षदेखि जनप्रतिनिधि विहिन रहेकाेले अतिक्रमण समास्या नेपाल अधिराज्य भरि नै रहेकाे छ । कपिलवस्तु जिल्लाकाे प्रमुख बजार मानिने कृष्णनगरलाई अाजदेखि अतिक्रमण मुक्त गर्न लागिएकाे नगरप्रमुख रजत प्रताप शाहले बताउनुभयाे ।

 

भारतकाे अार्थिक सहयाेगमा राजमार्गदेखि सिमासम्म तथा कृष्णनगर बजारकाे कुल बीस किलोमिटर सडक बनाईने भएकाेले सडककाे दायाँबायाँ पन्द्रह-पन्द्रह मिटर सडक अतिक्रमण हटाउन लागिएकाे नगरप्रमुख शाहकाे भन्नुभयाे ।

 

यसअघि कृष्णनगर नगरकार्यपालिकाले बैठक बसी वार्ड नम्बर एकदेखि अतिक्रमण हटाउन शुरु गरिएकाे निम्ति प्रशासकिय अधिकृत राजप्रसाद त्रिपाठीले बताए । संरचना हटाउन केही सा-साना विवादहरु भए तपनि व्यापक सुरक्षा व्यवस्थाका बीच हटाउन शुरु गरिएपछि विवाद शान्त भएकाे थियाे ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्