यही साउन ३१ गते दाङ जिल्ला उद्योग वाािण्ज्य संघको नयाँ नेतृत्वका लागि प्रजातान्त्रिक प्यानल वाट सचिवमा प्रत्यासी रहेकी मायाकुमारी पोख्रेलसंग सैघाली खबरका संवाददाता अमितासंग गरिएको कुराकानी संक्षेपमा ।
स्वागत छ, के मा व्यस्त हुनुहुन्छ ?
धन्यावाद, साउन ३१ गते दाङ जिल्ला उद्योगा वािण्ज्य संघको नयाँ नेतृत्व चयन हुदैछ । त्यसैको प्रचारमा व्यस्त छु । सचिवको प्रत्यासी रहेकाले व्यवसायीक एकता, संरक्षण र विकास लागि योग्य र सफल उम्मेदवार चुनौ भन्दै व्यापारीहरु संगको भेटघाटमा व्यस्त छु ।
चुनाव पक्कै जित्नुहुन्छ, कति मात्रामा विश्वस्त हुनुहुन्छ ?
निश्चित छ कि यसपालीको उद्योग वाणिज्य संघको नेतृत्व प्रजाताीन्त्रक प्यानल नै सफलता पाउने छ । व्यवसायीहरु आतुर छन, प्रजातान्त्रिक प्यानललाई नेतृत्वमा ल्याई संघको नेतृत्वलाई चलाएमान गराई व्यवसायिक हक हित संरक्षणका लागि प्रजातान्त्रिक टिम विगतदेखी नै सक्रिय रहदै अग्रिणी भुमिका निर्वाह गरेकाले यसपालीका विजय निश्चित नै छ ।
तपाई सचिवको उम्मेदवार किन बन्नुभयो ?
आम व्यवसायीहरुले यसपटक महिला नेतृत्वको अपेक्षा गर्नुभएको छ । त्यसमा हाम्रो व्यवसायी संस्था प्रजातान्त्रिक उद्योगी व्यवसायी संघले मलाई नेतृत्वमा पठाउने निर्णय गरेर मलाई सचिव पदमा अगाडी सारेको छ । दाङ जिल्ला उद्योग वणिज्य संघको एक कार्यकाल महिला सदस्य भएर काम गरेको हुनाले त्यहाँको गतिविधि बुझेको र जान्ने अवसर प्राप्त गरेको हुनाले थप जिम्मेवारीका साथ काम गर्ने इच्छा भएकाले सचिव पदमा उम्मेदवारी दिएको छु । सम्पूर्ण व्यवसायीहरुको हकहित, सुरक्षा, बढ्दो करप्रणाली, व्यवसायीले भोग्दै आएका समस्याहरुलाई समाधान, ठोस नितिनियम लागूगर्ने प्रत्यन्नले मैले उम्मेदवारी दिएको हो ।
दाङ जिल्ला उद्योग वािण्ज्य संघले सवै व्यवसायीलाई समेट्न सकेको छैन भन्ने गुनासो पनि आउँछ, वेला–वेलामा । यसमा तपाईको भनाई के छ ?
दाङ जिल्ला उद्योग वािण्ज्य संघले सबै व्यवसायीहरुलाई समेट्न नसकेको जस्तो त मलाई लाग्दैन, सबै व्यवसायीलाई सचेतना मुलक कार्यक्रममा ल्याउने उद्योग वािण्ज्य संघले योजना राखेको छ । यदि कोही छुट्नुभएको छ भने व्यवसाय दर्ता गराई सहज र सबैलाई सदस्य बनाउन तयार छौ ।
तपाई मत माग्दै व्यवसायीहरुलाई भेटि राख्नु भएको छ । के भन्छन् व्यवसायीहरु ?
म व्यवसायीहरुको सल्लाह सुझावबाट अगाडी बढेका छु । यो भन्दा अगाडी पनि महिला सदस्य भएर काम गर्ने अवसर प्राप्त गरेको थिए । अहिले पनि सबैले विश्वास गर्नुभएको छ । र यसरी महिला नेतृत्व आवश्क रहेको व्यवसायीहरुको भनाई छ ।
अन्तमा, यस सैघाली खबर मार्फत मतदाता व्यवसायीहरुलाई के भन्न चाहनुहुन्छ ?
मलाई मेरो कुरा राख्न दिनुभएकोमा सैघाली खबर अनलाईनलाई धन्यावाद । संघको नेतृत्व सक्षमता, अनुभव र योग्य व्यक्तिको हातमा जानु पर्छ । मलाई आशा छ, त्यो कुरा व्यापारी साथीहरुले पनि वुझ्नु भएकोछ । अन्त्यमा सबै आमा बुवा, दाजुभाई, दिदिबहिनी तथा सम्पूर्ण मतदाताहरुले आफ्नो अमूल्य मत दिई हाम्रो प्यानललाई र मलाई अत्याधिक मतले विजयी बनाउन आग्रह गर्दछु । धन्यावाद ।
यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।