दाङ उद्योग वाणिज्य संघको मतदान जारी २ सय ३९ मत खस्यो



सैघाली खबर
दाङ,३१ साउन ।
व्यापारीहरुको साझा संस्था दाङ जिल्ला उद्योग वाणिज्य संघ मतदान जारी रहेको छ । विहान ८ बजेदेखि मतदान शुरु भएको हो । हाल सम्म सम्म २ सय ३९ मत खसेको निर्वाचन प्रमुख रेवतीरमण भट्टराईले जानकारी दिनुभयो । जस अनुसार क बुथमा १सय२५ र ख बुथबाट १ सय १४ गरी जम्मा २ सय ३९ मत खसेको प्रमुख भट्राईले जानकारी दिनुभयो ।


संयुक्त प्यानलका तर्फबाट नारायण भुषाल अध्यक्षतामा उपाध्यक्ष एकराज खनाल र नारदमणि पोख्रेल, महासचिव अनिल आचार्य, सचिव हरि खरेल तथा कोषाध्यक्षमा श्रीधर पोख्रेलको उम्मेदवारी परेको छ ।काग्रेस निकट ब्यवसायीहरुको तर्फबाट मञ्जु बज्राचार्यको अध्यक्ष प्रजातान्त्रिक प्यानलबाट उपाध्यक्षमा टंक बुढाथोकी र बसन्त जोशी, महासचिवमा नरेश कार्की, सचिवमा मायाँ पोख्रेल र कोषाध्यक्षमा शुसिल पोख्रेलका विचमा निर्वाचनमा होमीनु भएको छ ।
संघमा मतदाता २ हजार ९२ जना सदस्य आबद्ध भएका छन् । साँझ ४ बजेसम्म मतदान चल्ने छ । त्यसका साथै बेलुका ८ बजेदेखि मतगणण सुरु हुने छ । निर्वाचनबाट आगामी तीन वर्षका लागि नयाँ नेतृत्व चयन गर्ने छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्