गरुण पुराण अनुसार यस्ता व्यक्तिको घरमा भोजन गर्नु हुँदैन



हाम्रो पौराणिक शास्त्रहरुमा जीवन र जगतको बारेमा धेरै अमूल्य कुरा छन् । त्यस्तै उपयोगी शास्त्र हो, गरुड पुराण । गरुण पुराण त्यस १८ पुराणमा एक हो, जसको रचना वेद व्यासले गरेका थिए । यसमा २ सय ७९ अध्याय र १८ हजार श्लोक छ ।

गरुड पुराणमा मानव जातिको मार्ग दर्शनकालागि केही उपयोगी कुरा लेखिएको छ । गरुड पुराणमा केही यस्तो कुरा पनि बताइएको छ, जसको घरमा भोजन गर्नु ठिक हुँदैन । अर्थात त्यस्ता व्यक्तिले पकाएको वा त्यस्ता व्यक्तिको भान्सामा पाकेको खानेकुरा नखान उल्लेख गरेको छ ।

 

भनिन्छ नि, मानिसले जस्तो भोजन गर्छ, उसको मनमा पनि त्यही भाव पैदा हुन्छ । किनभने हाम्रो स्थलु शरीर हामीले खाने भोजनबाटै निर्मित हो । हामीले विभिन्न खानेकुरा सेवन गर्छौं, त्यसमा रहेको पोषक तत्वले शरीरलाई जीवित राख्छ । शरीरको कोशिकाहरु निर्माणदेखि भित्री अंगको कार्य संचालनमा समेत भोजनको भूमिका हुन्छ ।

यसर्थ भोजन, शरीर र मन आपसमा एकाकार हुन्छन् । त्यसैले जस्तो भोजन गरिन्छ, हामी पनि त्यस्तै हुन्छौ । जब हामी नकारात्मक व्यक्तिले, नकारात्मक भावमा पकाएको खानेकुरा खान्छौं, त्यसले शरीरमा पोषणभन्दा बढी विकार पैदा गर्छ ।

गरुड पुराणमा भनिएको छ, खराब आचरण भएको, खराब ढंगका, क्रोधित, लोभी व्यक्तिले पकाएको वा उसको भान्सामा पाकेको खानेकुरा सेवन गर्नु हुँदैन ।

किनभने हामी सधै आफ्नो हातले पकाएको मात्र खाना सेवन गर्दैनौ । छिमेकको, आफन्तकहाँ, रेष्टुरेन्टमा जता पनि खाना खान सक्छौ ।

हुन त आफैले पकाएको खाना खानु राम्रो मानिन्छ । आफ्नो हातले खाना पकाईरहँदा शान्त चित्तले, खुसी मनले, ध्यानपूर्वक पकाउनुपर्छ । यसरी पकाएको खानेकुरा सेवन गर्दा शरीरलाई फाइदा गर्छ भनिन्छ । तर, अहिलेको व्यस्त जीवनशैलीमा हामीलाई आफ्नै हातले पकाएको खाना खाने फुर्सद छैन । अनुकुलता छैन । यद्यपी अरुको घरमा वा अरुको हातले बनाएको खानेकुरा सेवन गर्दा पनि केही कुरामा ध्यान दिनुपर्ने बताइएको छ ।

भ्रष्टचारीको घरमा पाकेको खाना

अहिले धेरैजसो पैसा आर्जन गर्ने चक्करमा छन् । थोरै काम गरेर, थोरै समयमा धेरै पैसा कमाउने चक्करमा मान्छेहरु फसेका छन् । यसकारण उनीमा पैसाप्रति आशक्ति बढेर गएको छ । यस्ता व्यक्तिहरु मौका पाउनसाथ भ्रष्टचार गर्न पछि पर्दैनन् । भ्रष्टचार गर्नु भनेको अक्षम्य अपराध गर्नु हो ।

भ्रष्टचारी वा भ्रष्ट मतिको कारण सर्वसाधरणको खुसी लुटिएको हुन्छ । सुख खोसिएको हुन्छ । यस्ता भ्रष्ट मति भएका व्यक्तिको घरमा पाकेको वा उनले दिएको खानेकुरा सेवन गर्नु हुँदैन ।

जो आपराधिक मनोवृत्तिका व्यक्ति छन्, जो चोरी, भष्ट्रचार उनीहरुको भान्सामा पाकेको पाकेको खानेकुरा आफैमा दुषित हुन्छ । चाहे त्यो जतिसुकै मिठो किन नहोस्, दुनियाँलाई रुवाएर जुटाइएको त्यो परिकारले हाम्रो शरीरलाई लाभ गर्दैन । त्यसैले भ्रष्ट मति भएका वा भ्रष्ट व्यक्तिको घरमा पाकेको खानेकुरा सेवन गर्नु हितकार हुँदैन ।

चरित्रहीन महिला

जो महिलाको चरित्र ठिक छैन, जो धोका दिने, छल-कपट गर्ने प्रवृत्तिको छ, उनीहरुले पकाएको खानेकुरा सेवन गर्नु हुँदैन । चरित्रहीन महिलाले पकाएको खानेकुरा आफैमा शुद्ध हुँदैन । उनीहरु जति विकारयुक्त हुन्छ, खानामा पनि त्यसको असर पर्छ । त्यसैले चरित्रहीन महिलाले पकाएको खानेकुरा कहिल्यै सेवन गर्नु हुँदैन ।

क्रोधित व्यक्तिले पकाएको

मान्छे विभिन्न स्वभावका हुन्छन् । विभिन्न प्रवृत्तिका हुन्छन् । कोही मान्छे शान्त, खुसी, नरम, विनम्र स्वभावका हुन्छन् । कोही क्रोधित, आक्रमक, रिसाह स्वभावका हुन्छन् ।

आक्रमक एवं क्रोधित मान्छेले पकाएको खानेकुरा खानु ठिक हुँदैन । उनीहरुको नियत खराब हुन्छ । त्यसैले उनीहरुले बनाएको खानामाथि शंका गर्नुपर्ने हुन्छ ।

दृष्ट व्यक्ति

अरुलाई दुःख दिने, अरुको पीडामा रमाउने र अरुको कुभलो चिताउने व्यक्तिले पकाएको वा उसको घरमा पाकेको खानेकुरा खानै हुन्न । यस्ता व्यक्ति खराब नियतका हुन्छन् । उनीहरुले तपाईंलाई हार्दिकतापूर्वक खान ख्वाउँदैनन् । कुनै कालो नियत राखेर ख्वाउँछन् । त्यसरी खराब नियत राखेर बनाएको वा दिएको खानेकुरा खानु स्वास्थ्यका लागि ठिक हुँदैन ।

कुरा काट्ने व्यक्ति

कतिपय व्यक्ति अरुको कुरा काट्नमा माहिर हुन्छन् । उनहिरुको यो प्रवृत्ति नै हो । अरुको कुरा काटेर उनीहरु मज्जा लिन्छन् ।

अरुको कुरा काट्नु भनेको अरुको नकारात्मक, कमजोर पक्ष केलाउनु हो । यस्ता व्यक्तिहरु सधै अरुलाई होच्याएर हेरिरहेका हुन्छन् । यसरी अरुको कुरा काट्ने व्यक्तिहरुले पकाएर कुनै खानेकुरा दिन्छ भने त्यो खानेकुरा खान हुँदैन ।

दरिद्र व्यक्तिको

गरिब हुनु, निर्धन हुनु, कंगाल हुनु आफ्नो मात्र दोष नहुन सक्छ । यद्यपी यस्ता व्यक्तिको खाना खाइदिनु हुँदैन । महषिर् वेद व्यासले के भनेका छन् भने, जो व्यक्ति आफैमा खराब दिनहरुबाट गुजि्ररहेका छन्, जो अभावको पीडामा छन्, उनीहरुको घरमा गएर खाइदिनु हुँदैन । जब उनीहरुको घरमा खाइन्छ, उनीहरुको व्यायभार बढ्छ । उनीहरुलाई खानेकुराको वन्दोवस्ती मिलाउन गाह्रो हुन्छ ।

TopLine
थाहा अनलाइन

यो नेपाली भाषाको अनलाइन समाचार संस्था हो । 'थाहा अनलाइन' २०७३ साल देखि सञ्चालनमा छ ।

प्रतिक्रिया दिनुहोस्